शैक्षिक परामर्शका लागि ब्रीज इन्टरनेशनल

३ फाल्गुन २०७९, बुधबार मा प्रकाशित

झापा, बिदेश अध्ययनका लागि जाने बिद्यार्थीलाई उचित शैक्षिक परामर्श र अंग्रेजी तयारी कक्षा दिने उदेश्यले झापाको बिर्तामोडमा ब्रीज इन्टरनेशनलले शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौंमा मुख्य कार्यालय रहेको ब्रीज इन्टरनेशनले बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरेर फागुन ५ गते शाखाको उद्घाटन गर्ने जानकारी दिएको हो ।
ब्रीजले बिशेष गरेर क्यानाडा, अस्ट्रेलिया, युके, जापानलगायतका देशमा अध्ययनका लागि जाने बिद्यार्थीलाई शैक्षिक परामर्श तथा भाषा सिकाउने ब्रीजका एक्युजेटीभ चेयरमेन भूवन गिरीले जानकारी दिए । उद्घाटनको अवसर चर्चीत मोडल स्मारिका तथा समारिका ढकाल आउने जनाइएको छ ।
शाखा उद्घाटनको अवसरमा युके र अस्ट्रेलियाका विश्व बिद्यालयबाट आउने प्रतिनिधिहरुको साथमा सेमिनार, बिद्यार्थीहरुलाई अंगे्रजी तयारी कक्षामा १०० प्रतिशत छात्रबृत्ति, शैक्षिक परामर्श सेवा र प्रोसेसिङ्ग शुल्कमा १०० प्रतिशत छुटको ब्यवस्था गरिएको गिरीले बताए ।
बिद्यार्थीको रुचि तथा क्षमता अनुसारको शैक्षिक परामर्शसँगै उनीहरुको नेतृत्व विकास गरी बिदेश पठाइने ब्रिजका रुपेश थापाले जानकारी दिए । अध्ययनका लागि भिषा प्राप्त गर्न अघि तथा भिषा प्राप्त गरिसकेपछि ओरेन्टेशन सेमिनार सञ्चालन गरी बिद्यार्थीहरुका जिज्ञासाहरुको समाधान गरिने लगायतका कार्यक्रम पनि गरिने बिर्तामोड शाखा प्रमुख जितेन्द्र गिरीले जानकारी दिएका छन् ।

बिगत ७ बर्षदेखि सञ्चालनमा आएको ब्रिज इन्टरनेशनलले तेस्रो शाखाको रुपमा बिर्तामोडमा सेवा बिस्तार गरेको गिरीले बताए । उनका अनुसार दोस्रो शाखाको रुपमा काठमाडौको महाराजगञ्ज रहेको जनाइएको छ भने अन्य जिल्लामा पनि सेवा बिस्तार गर्ने तयारी भइरहेको जनाइएको छ । त्यस्तै अन्तर्राराष्ट्रिय परामर्श शाखाका रुपमा युकेमा एक बर्ष अघिदेखिनै शाखा सञ्चालनमा छ भने अस्ट्रेलियामा चाँडै शाखा सञ्चालन गर्ने ब्रिजको योजना रहेको बताइएको छ ।

पत्रकार भेछघाट कार्यक्रममा ब्रिजका प्रज्वल गिरी, सुशिल भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here