क्यानडामा निधन भएकी कुमालको परिवारलाई इक्यान झापाको आर्थिक सहयोग

0
2

बिर्तामोड । अध्ययनका लागि क्यानडा पुगेकी एक विद्यार्थीको मृत्यु भएसंगै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आर्थिक सहयोग गरेको छ । 

झापाको दमक–५ स्थित यलम्बर चोक (दिपिनी मार्ग) निवासी रोशनी कुमाल करिब २८ महिना अघि उच्च शिक्षा अध्ययनका लागि क्यानडाको टोरन्टो, ओन्टारियोस्थित नियाग्रा कलेजमा अध्ययन गर्न पुगेकी थिइन् ।

अध्ययन सम्पन्न गरेपछि सोही ठाउँमा रहेकी उनका १४ मार्च २०२६ मा २३ वर्षको उमेर निधन भएको थियो । उनको शव नेपाल ल्याएर अन्तिम संस्कार गरिएको छ । उनको निधन प्रति दुःख ब्यक्त गर्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत दुई लाख रुपैंया आर्थिक सहयोग गरेको इक्यान झापाका उपाधयक्ष एवम् सीएसआर विभाग प्रमुख अशोक भण्डारीले जानकारी दिए ।

उनले इक्यान झापासहित इक्यान केन्द्र तथा विभिन्न जिल्लाका आवद्ध सदस्यहरुले स्वेचिछक रुपमा कुमालको परिवारलाई सहयोग गरेको भन्दै धन्यवाद दिए । इक्यान केन्द्रका अध्यक्ष लक्ष्मण पौडेल(एन्ड्रयु) तथा इक्यान केन्द्रका सीएसआर विभाग प्रमुख दिनेश पौडेल लगायतको महत्वपूर्ण सहयोग गरेको उपाध्यक्ष भण्डारीले जानकारी दिए ।

उच्च शिक्षा अध्ययन लागि क्यानडा पुगेकी एक विद्यार्थीको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति भएको र यस्तो दुखद् अवस्थामा परिवारको साथमा इक्यान रहेको भन्दै सहयोग गरिएको इक्यान झापाका प्रमुख सल्लाहकार एवम् संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेलले बताए ।

विदेशको ठाउँमा अध्ययन गर्न गएर अध्ययन पुरा गरेर परिवारको आर्थिक भरोस बन्ने समयमा कुमालको निधन हुँदा परिवारमा बज्रपात परेको भन्दै इक्यान झापाका सचिव विशाल सिटौलाले यस्तो अवस्थामा समवेदना ब्यक्त गर्दै थोरै भए पनि आर्थिक सहयोग गर्न इकयानको टोली कुमालको घरमै पुगेको बताए ।

नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाले सामाजिक उत्तरदायित्व अन्तरगत समाजमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here