रेडक्रस सभापतिमा चौथोपटक पनि ढकाल निर्विरोध

0
168

झापा ।

नेपाल रेडक्रस सोसाइटी झापाको सभापतिमा लोकराज ढकाल पुनः निर्विरोध चयन भएका छन् । योसँगै ढकाल सभापतिमा चौथो कार्यकालका लागि निर्विरोध चयन भएका हुन् । यस अघिका तीन कार्यकाल पनि ढकाल निर्विरोध सभापति चयन भएका थिए ।

सहमतिका आधारमा विहीवार सभापतिसहित पदाधिकारी र महिला सदस्य निर्विरोध चयन गरिएको छ । जसमा उपासभापतिमा मित्रदेव काफ्ले र मञ्जु सिटौला पोखरेल, मन्त्रीमा चन्द्रप्रसाद चुडाल, कोषाध्यक्षमा ओमप्रकाश गौतम, उपमन्त्रीमा प्रकाशचन्द्र खरेल र उपकोषाध्यक्षमा हेम खड्का रहेका छन् ।

त्यस्तै महिला सदस्यमा सीता भण्डारी(भद्रपुर), कुसुम कोइराला (मेचीनगर) र शर्मिला अधिकारी(भद्रपुर) निर्विरोध चयन भएका छन् । रेडक्रस झापाको ७ जना खुला सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको छ ।

शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको र त्यो समयमा पनि सहमति नभए शनिबार मतदानमार्फत ७ जना सदस्य चयन गरिने रेडक्रस झापाले जनाएको छ ।

आगामी तीन बर्षे कार्यकालका लागि जिल्लाका २६ वटा रेडक्रस उपशाखाबाट छनौट भएका जिल्ला प्रतिनिधिहरुले १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here