झापा सिंगिङ एण्ड डान्सिङ स्टार २०२३ गायन तथा नृत्य प्रतियोगिता हुँदै

0
302

झापा, द नेक्स्ट ड्रिम्स इन्टरनेशनलको आयोजनामा झापा सिंगिङ एण्ड डान्सिङ स्टार २०२३ गायन तथा नृत्य प्रतियोगिता हुने भएको छ ।
ड्रिम्सले प्रतियोगिता आयोजना गर्नुका साथै प्रतियोगिता झापामा रहेको सूर्योदय टेलिभिजनबाट प्रसारण गर्ने प्रतियोगिता आयोजक संस्थाले जनाएको छ । मंगलबार झापाको बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै कम्पनीको तर्फबाट सुदीप जोशीले प्रतियोगिताबारे जानकारी दिनुभएको हो । झापामा प्रतियोगिताको आयोजना गरेको कम्पनीले धनगढी र पाल्पामा यस अघि सोही किसिमका प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक दिपेश श्रेष्ठले बताउनुभयो । जुनसुकै उमेर समूहका प्रतियोगीले भाग लिन पाउने उक्त प्रतियोगिताको अडिसन फागुन २३ गते र २४ गते क्रमशः दमक र बिर्तामोडमा आयोजना गरिने पत्रकार भेटघाटमा जानकारी दिइयो । फागुन ३० गते बिर्तामोडमा कोरियो राउण्ड, लोक राउण्ड चैत ७ गते, सेमीफाइनल राउण्ड बैशाख २ गते र फाइनल बैशाख १६ गते शनिवार आयोजना गरिने श्रेष्ठले जानकारी दिनुभयो । अडिसन राउण्डमा भने निर्णायकको भूमिका झापाकै कलाकर्मी तथा संगीतकर्मीहरूले गर्ने जनाइएको छ । अन्य राउण्डमा भने काठमाडौंबाट पनि निर्णायकहरू ल्याउने तयारी भइरहेको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । संगै गीत रेकर्डिङ÷म्युजिक भिडियोमा खेल्ने अवसर पनि दिइने श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here