साढे तीन कारोड रुपैयाँको लगानीमा बिर्तामोडमा मेटल इन्डष्ट्री

0
286

बिर्तामोड,  मुलुकमा देखिएको चरम आर्थिकमन्दीका बीचमा पनि उद्यमशीलताको विकास गर्ने उद्देश्यले झापाका दुई युवाले मेटल इन्डष्ट्री सञ्चालन गर्दै एक सय जना युवालाई रोजगारी दिने तयारी गरेका छन् ।
बिर्तामोड नगरपालिका १ मा नमस्ते मेटल एण्ड इन्जिनियरिङ् वक्र्स कम्पनी प्रा.लि. सञ्चालन गर्दै एक सय युवालाई रोजगारी दिने तयारी थालिएको हो ।  
बाह्रदशी गाउँपालिका – ३ का नवीन भण्डारी र गौरादह नगरपालिका निवासी चेतनाथ निरौलाले मेटल इन्डष्ट्री सञ्चालनमा ल्याउनु भएको हो । झण्डै साढे तीन कारोड रुपैयाँ लगानी गर्दै सञ्चालनमा ल्याइएको मेटल इन्डष्ट्रीमा शुरुवाती चरणमा २० जना युवालाई रोगजारी प्रदान गरिएको र इन्डष्ट्री पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी थालिएको सञ्चालक भण्डारीले बताउनुभयो । मेटल इन्डष्ट्री पूर्ण रुपमा सञ्चालनमा आएसंगै एक सय जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरिने भण्डारीले बताउनुभयो ।
व्यवस्थापकीय तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव बटुल्नु भएका भण्डारी प्राध्यापन पेशामा सम्लग्न हुनुहुन्छ । विगत ११ वर्षदेखि प्राध्यापन पेशा अंगाल्नु भएका उहाँ नमस्ते मेटल एण्ड इन्जिनियरिङ् वक्र्स कम्पनी प्रा.लि.को प्रवन्ध निर्देशकको भूमिकामा रहनु भएको छ ।


मेटल इन्डष्ट्रीमा १८ वर्षको अनुभव बटुल्नु भएका अर्का सञ्चालक चेतनाथ निरौला आफैंमा इन्जिनियर हुनुहुन्छ । उहाँले कम्पनीको उत्पादन र बजारीकरण गर्ने जिम्वेवारी सम्हाल्दै इन्डष्ट्री सञ्चालनमा ल्याउनु भएको हो । नेपालमा चलेका बीग मार्ट, गार्डेन मार्ट, सुपर मार्केट र हाइपरमार्केट, स्कूल तथा कलेजका आधुनिक मोडलमा डेक्स बेञ्च समेत उत्पादन गराउने उद्देश्यले मेटल इन्डष्ट्री सञ्चालनमा ल्याइएको निरौलाको भनाई छ ।
इन्डष्ट्रीले डिपाटमेन्ट स्टोरका ¥याक,हस्पिटल बेड तथा इक्वीपमेन्ट,मेटल चेयर, लकर,मेटल प्यालेट, फलामको फर्निचरका डाई लगायतका सामग्री उत्पादन गर्ने बताइएको छ । त्यस्तै इलेक्ट्रोस्टाटिक पाउडर कोटिङ , सीएण्डसी प्लाज्मा कटिङ सर्भिस, स्पट वेल्डिङ, मेटलसिट कटिङ बेण्डिङ सेवा समेत उपलब्ध गराइने बताइएको छ ।
मेटल इन्डष्ट्री प्रदेश कै पहिलो भएको र यसले गुणस्तरीय सेवा प्रवाह गर्न कुनै कसर बाँकी नराख्ने इन्डष्ट्री सञ्चालक भण्डारीले बताउनुभयो । फलामको उपयोगिता सम्वन्धि नेपाली समाजमा रहेको धारणालाई थप व्यापक बनाउन यो उद्योगले भूमिका निर्वाह गर्ने भण्डारीको भनाई छ ।
नेपालमा यस खाले इन्डष्ट्री सिमित संख्यामा रहेको र प्रदेश १ मा एउटा पनि इन्डष्ट्री नभएका कारण आफूहरुले पूर्वको बजारलाई विश्लेषण गर्दै युवालाई समेत रोजगारी दिने उद्देश्यले इन्डष्ट्रीमा लगानी गरेको भण्डारीले बताउनुभयो ।
आर्थिक मन्दीका बीच पनि चलेका बीग मार्ट, गार्डेन मार्ट, सहकारी पसल, सुपर मार्केट, हाइपर मार्केटले यस खाले सामग्री भारत सहित चीनबाट आयात गर्ने गरेको र त्यसलाई रोक्न उद्योगले भूमिका निर्वाह गर्ने बताइन्छ ।
आफ्नै ठाउँमा उद्योग सञ्चालन गर्दा स्थानीयले रोगजारी समेत पाउने र साम्रग्री खरिदका लागि विदेशिने मुद्रा नेपालमा नै सञ्चित हुने भण्डारीको भनाई छ ।
नेपालमा यस खले सामग्रीको माग उच्च रहेपनि उद्योग नहुँदा भरत र चीनको भर पर्नु परेको तर गुणस्तरीय सामग्रीको आपूर्ति समेत न्यून हुने गरेको भण्डारीको भनाई छ । उद्योगले उत्पादन गर्ने अधिकांश साम्रग्री फलमका हुने र लामो समय टिक्ने भएकाले उपभोक्ताको मन छोटो समयमा जित्न सकिने भण्डारीले बताउनुभयो । उद्योगले उत्पादन गरेका सबै सामग्री वहु उपयोगी हुने र आवश्यकता अनुसारका डिजाइन दिइने भएकाले सबै प्रकारका व्यवसाय तथा घरायसी रुपमा बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।
मेटल इन्डष्ट्रीको बजार नेपाल भर रहेको र सम्भाव्यता अध्ययन गरेर आफ्नै ठाउँमा कम्पनी स्थापना गरेको कम्पनीका सञ्चालक भण्डारीको भनाई छ ।

सम्पनीले उत्पादन गर्ने सामग्री : डिपाटमेन्ट स्टोरका ¥याक,हस्पिटल बेड तथा इक्वीपमेन्ट,मेटल चेयर, लकर,मेटल प्यालेट, फलामको फर्नचरका डाई आदि ।


कम्पनीबाट प्रदान गरिने सेवा :  इलेक्ट्रोस्टाटिक पाउडर कोटिङ , सीएण्डसी प्लाज्मा कटिङ सर्भिस, स्पट वेल्डिङ, मेटलसिट कटिङ बेण्डिङ, स्कूलका डेक्स बेञ्च आदि ।

कम्पनीमा प्रयोग गरिने उपकरण :  अत्याधुनिक सियरिङ मेसिन , बेण्डिङ मेसिन, विभिन्न पावरक पावर प्रेस, स्पटबेल्डिङ,सिएमसी प्लाज्मा कटर, इलेक्ट्रोस्टाटिक पाउडर प्लान्ट, डिजिटल लेथ आदि ।

कम्पनीले उत्पादन गरेका सामग्रीका विशेषताहरु

डिपाटमेन्ट स्टोरका ¥याक : कम्पनीले उत्पादन गरेका डिपाटमेन्ट स्टोरका ¥याक सबै लक सिस्टमका हुन्छन् । जोसुकैले खोल्न र फिटिङ गर्न तुरुन्तै सक्ने बताइएको छ । ¥याकको सेल्फ घटाउन बढाउन सकिने तथा आवश्यकता अनुसार साईज र कलर कष्टमाइज गर्न सकिने बताइएको छ । लाइफटाइम ग्यारेन्टी सहितको पाउडर कोटिङ,सामान्य किराना पसलदेखि ठूला /ठूला सपिङ मलका लागि समेत सेवा प्रवाह गरिने बताइएको छ । डिपाटमेन्ट स्टोरको सेटअप सर्भिस तथा उपकरणहरु समेत उपलब्ध गराइने बताइएको छ । भारतका सुप्रसिद हाइपर मार्केटमा काम गरेका दक्ष अनुभवी प्रविधिक कर्मचारीको सेवा उपलब्ध गराउने बताइनछ । जस्तोसुकै चेन स्टोरहरुको उत्कृष्ट डाटा उत्पादन गर्ने सफ्ट्वेर समेत उपलब्ध गराउने र नेपाल भरि होम डेलिभरि तगथा सेटअप सर्भिस समेत उपलब्ध गराइने व्यवस्था मिलाइएको छ । प्रदेशकै एक मात्र फलामको¥याक उत्पादन गर्ने कारखाना भएकाले उच्च गुणस्तरीय सामग्री प्रदान गरिने बताइएको छ ।
हस्पिटल बेड तथा इक्वीपमेन्ट ः हस्पिटलका लागि आवश्यक पर्ने इमरजेन्सी बेड,लेवर बेड, वार्ड बेड, ट्रली , वेडसाइड लकर सहित ३८ प्रकारका हस्पिटल इक्वीपमेन्टहरु उपलब्ध हुने बताइएको छ । सबै सामग्रीमा लाइफटाइम ग्यारेन्टी सहितको पाउडर कोटिङको व्यवस्था सहितका हुने सञ्चालकको दावी छ ।

मेटल चेयर : लाइफटाइम ग्यारेन्टी सहितको पाउडर कोटिङसहितको व्यवस्था सहितका व्याङ्क्वेट चेयर,अफिस मिटिङ चेयर, डाइनिङ चेयर लगायतका फलामका कुर्सीहरु तयार गरिने बताइएको छ ।

स्कूलका डेक्स बेन्च : प्ले ग्रुपदेखि कलेजसम्मका आधुनिक सुविधा सहितका डेक्स बेन्च । जाइका र यूनिसेफले मान्यता दिएका डिजाइनमा समेत उपलब्ध हुने बताइएको छ ।

होस्टेल बेड : सिङ्गल तथा मल्टिपल फ्लोरका होस्टेल बेडहरु तयार गरिने बताइएको छ ।

लकर : संघ संस्थाका कर्मचारी, ग्रहक तथा आगन्तुकहरुका सामग्री लक गरेर सुरक्षित राख्न मिल्ने व्यवस्था सहितका लकरहरु । अडर अनुसारको साइज तथा मोडलमा तयार गरिने बताइएको छ ।

मेटल प्यालेट : हेबी वेटका सामग्री राख्न मिल्ने फलमका प्यालेट, पिर्का, ट्रली, बास्केट लगायतका डिजायनका प्यालेटहरु । अडर अनुसारको साइज तथा मोडलमा तयार गरिने बताइएको छ ।

फलामको फर्निचरका डाई तथा लेथको काम : फलामका फर्निचरहरु उत्पादन गर्न आवश्यक पर्ने उपकरणहरु (डाई) अडर अनुसार निर्माण गरिन्छ । यो संगै लेथमा गरिने सबै प्रकारका कामका सेवाहरु उपलब्ध हुने बताइएको छ ।

उपकरण : भारतको पञ्जाबस्थित लुधियानाबाट आयात गरिएका अत्याधुनिक सेयरिङ, वेण्डिङ तथा पावर प्रेस मेसिनहरुबाट सेवा प्रदान गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here