अनेमसंघद्वारा कार्की र खरेल सम्मानित

१४ फाल्गुन २०७९, आईतवार मा प्रकाशित

सुरुङ्गा।

अखिल नेपाल महिला सङ्घ कनकाई नगर अधिवेशनमा राजनीतिकर्मी लीला कट्टेल कार्की र सञ्चारकर्मी तीर्थराज खरेललाई सम्मान गरिएको छ ।

अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य एवम् केन्द्रीय अनुशासन आयोगका सदस्य कार्कीलाई समाज रूपान्तरण र महिला आन्दोलनमा पुर्‍याएको योगदानको लागि सम्मान गरिएको थियो भने खरेललाई कलमका माध्यमद्वारा चेतना अभिवृद्धि र श्रमजीवी महिलाका हकहितका लागि गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

कनकाई नगर पूर्व उपप्रमुख एवम् अखिल नेपाल महिला सङ्घ नगर अध्यक्ष मञ्जु प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवम् सम्मानित व्यक्तित्व कार्की, झापा क्षेत्र नं. ४ का सङ्घीय सांसद माननीय एलपी साँवा, एमाले झापा क्षेत्र नं. ४ इञ्चार्ज हीराकुमार थापा, कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, नगर कमिटी अध्यक्ष खड्गप्रसाद प्रसाईं,
अखिल नेपाल महिला सङ्घ झापा जिल्ला अध्यक्ष पवित्रा पाठक, जिल्ला कोषाध्यक्ष कोपिला चौंलागाई, एमाले झापा क्षेत्र नं. ४ संयोजक गोकर्ण ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अनेमसङ्घ नगर कोषाध्यक्ष मीरा भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रममा अध्यक्ष मञ्जु प्रसाईंले साङ्गठानिक, राजनीतिक, आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।अनेमसंघ केन्द्रीय सदस्य अम्बिका राजवंशी, जिल्ला सदस्यहरू सुनिता सिग्देल खरेल, राधिका ओली, देवीमाया खरेल, देवीमाया दाहाल, एमाले जिल्ला कमिटी सदस्यहरू रविन्द्र लम्साल, ओम पाठक, शोभा भण्डारी, धनबहादुर थेबे, कनकाई नगरका वार्ड अध्यक्षहरू सुशीलकुमार पोखरेल, बलराम प्रताप राई, दीर्घबहादुर थापा, बुद्धिजीवी टीकाप्रसाद लामिछाने लगायतको आतिथ्य रहेको थियोे ।

कार्यक्रम नगर सचिव एवम् जिल्ला सदस्य सीता भट्टराई अधिकारीले सञ्चालन गरेका थिए । सर्वसम्मत कार्यसमिति चयनका लागि बन्द सत्र लम्बाइको जनप्रतिनिधि समेत रहेकी कृष्णमाया खवासले जानकारी दिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here