शैक्षिक सुधारको पहल गर्दै रोङ–१

0
135

बिर्तामोड ।

शैक्षिक क्षेत्रको सुधारका लागि इलामको रोङ गाउँपालिका–१ ले शैक्षिक अवलोकन कार्यक्रम सम्पन्न गरेको छ ।

शिक्षाको गुणस्तर वृद्धि गर्दै शैक्षिक सुधारका योजना ल्याउने उद्देश्यले देशका विभिन्न स्थानमा रहेका विद्यालयहरुको स्थलगत अध्ययन तथा अनुसन्धान गरेर उक्त क्षेत्रमा रहेका कार्यक्रमलाई आफ्नो क्षेत्रमा कार्यान्वयन गर्ने उद्देश्यका साथ शैक्षिक अवलोकन कार्यक्रम गरिएको रोङ गाउँपालिका–१ का वडाध्यक्ष मनोहरि खड्काले जानकारी दिए ।

आफ्नो वडामा रहेका विद्यालयका शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिसहितको टोलीले झापाको दमक, लुम्बिनी, बुटवल, पाल्पा र पोखरामा रहेका विद्यालयको अवलोकनका साथै त्यस क्षेत्रमा गरिएका शैक्षिक व्यवस्थापनका विषयमा जानकारी लिनुका साथै आफ्नो क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको वडाध्यक्ष खड्काले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्यका साथ विद्यालयका प्रधानाध्यापकसहितको टोलीलाई अवलोकन भ्रमणमा सहभागी गराउँदै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।

विद्यालयको शैक्षिक सुधारका लागि शिक्षकमा ल्याउनुपर्ने सुधार विद्यालय व्यवस्थापन समितिले गर्नुपर्ने काम, कर्तव्य र जनप्रतिनिधिले कार्यान्वयन गर्नुपर्ने अधिकार तथा सहयोगका विषयमा अन्तरक्रियाका साथै छलफल गरिएको जनाइएको छ ।

पाँच दिनको अवधिमा देशका विभिन्न विद्यालयको शैक्षिक सुधारका बारेमा जानकारी लिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here