ताप्लेजुङ र संखुवासभा नाकामा चिनको अवरोध कायमै

0
165

ताप्लेजुङ,

चीनसङ्ग सिमा जोडिएको ताप्लेजुङको ओलाङ्ग्चुङ्गगोला नाका चीन सरकारको अवरोधको कारण अझैबन्द छ।चीनले कोरोना भाइरसकै कारण देखाएर टिप्ताला नाकामा अहिले पनि अबरोध कायम नै राखेको छ।

चीनको तिब्बत स्थित रिउ प्रसासनबाट ताप्लेजुङस्थित फक्तान्लुङ्ग गाउपालिकालाई आवतजावत बन्द गराउन र कुनैपनी गतिविधि नगर्न जानकारी गराइएको छ । सडक निर्माणकालागि आएका चीनका कामदारको टोलि तिब्बत फर्किए लगत्तै रिउ प्रसासनबाट आवतजावतमा रोक लगाएको थियो । चिनियाँ प्रसासनको अवरोध पछि याङ्गा ,ठुदाम ,ओलान्चुङ्गगोला ,तोप्केगालाबासीले दैनिक उपभोग्य सामान खरिद गर्न चिनियाँँ बजार जान पाएका छैनन् ।

फक्ताङ्ग्लुङ्ग ,ओलाङ्ग्चुङ्गगोला ,याङ्गा र घुम्सा क्षेत्रका ८० प्रतिशत जनताले अहिले चीनको नाकामा भएको कडाइले खाद्यान्न खरिद गर्न सकिरहेका छैनन। यसरी लामो समयसम्म सिमामा अवरोध हुदा दैनिक जनजिबिका कष्टकर बन्दै गैरहेको छ। यी दुबै नाका चीनले एकतर्फी रुपमा बन्द गरिदिएपछि व्यापार – ब्यावसाय ठप्प भएको छ।

चीन बाट खाद्यान्न ,लत्ता कपडा र नुन लगायतका सामान आयात हुँदै आइरहेको थियो भने यताबाट चौरी ,याक,घिउ,छुर्पी लगायतका सामान निर्यात हुँदै आइरहेको थियो तर बिगत देखि नै चिनियाँ बजारमा निर्भर रहेका त्यहाका स्थानीयबासिन्दा चीनको एकतर्फी नाकाबन्दिको प्रत्यक्ष आर्थिक मारमा परेकाछन।

बिगत केही बर्षदेखि सिमानाका ठप्प हुदा चीनसङ्ग व्यापार चलेको छैन ब्यापार नभएपछि स्थानीय जनताको आय आर्जनको बाटो नै बन्द भएको छ। पशु व्यावसाय देखि गलैंचा सम्मको सबै निर्यातलाई चीन सरकारले बन्द गरिदिएको छ। तीन हजार दुइ सय देखि चार हजार पाच सय मिटर भन्दा अग्ला बस्तीहरुमा खाद्यान्न ढुवानी गर्दा महँगो पर्ने भएकोले तिब्बतको रिउ प्रसासनसङ्ग नाका खोल्न बारम्बार अनुरोध गर्दापनि कुनै चासो देखाएको छैन।

चीनसङ्ग सिमा जोडिएका उत्तरी सिमा नाकाहरुमा प्राय चीन सरकारबाट अबरोध सिर्जना भैरहेको छ।चीनमा निर्यातहुने प्रमुख पशु याक हो कोरोना कारण याक निर्यात बन्द गरिदिएपछि याकको संख्यामा धेरै वृद्धिभएर गएको छ।

जस्लेगर्दा याक ब्यबसाय गरेर जिबिका चलाइरहेका किसानहरुले लाखौं घाटा ब्यहोरीरहरेका छन।।संघिय सरकारले संखुवासभाको किमाथांका नाका र ओलाङ्ग्चुङ्गगोलाको तिप्तला नाका खुला गर्न परराष्ट्रमन्त्रालय हुँदै गृह मन्त्रालयलाई आफो धारणा पठाइ नाका सुचारु गर्न चीन सरकार सङ्ग अनुरोध गरे पनि कुनै चासो नदिएकाले नाकामा अझै अवरोध कायम नै रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here