नगर अस्पताल भरपर्दो बनाउन घिमिरेको आग्रह

0
175

बिर्तामोड ।

सभामुख तथा झापा क्षेत्र नं. २का सांसद देवराज घिमिरेले बिर्तामोड नगर अस्पताल गरीब जनताको उपचार गर्ने भरपर्दो अस्पताल बन्नुपर्ने बताएका छन् ।

शनिबार बिर्तामोड नगर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै सभामुख घिमिरेले अस्पतालको संरक्षण स्थानीयबासीले नै गर्नुपर्ने बताए । उनले १५ शैय्याको बिर्तामोड नगर अस्पताल निजी अस्पतालहरूको विकल्पको रुपमा स्थापित हुनुपर्नेमा जोड दिए ।

सामान्य स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै केन्द्र तथा प्रदेश सरकारको सहयोगमा बिर्तामोड नगरपालिकाले १५ शैयाको अस्पताल बनाएको हो । अस्पतालमा तीन जना चिकित्सकलगायत ३६ जना कर्मचारी रहने नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिइन् ।

नगरवासीलाई गुणस्तरीय सेवा दिने गरि नगर अस्पतालको सेवा प्रारम्भ भएको बताउँदै निरन्तर अस्पतालको निरन्तर निगरानी गरिने बताए । उपकरणको उपलब्धता र जनशक्ति व्यवस्थापन लगायतका विषयमा नगरले ध्यान दिने र सेवा उपलब्ध गराउने नगर प्रमुख प्रसाईंको भनाइ छ ।

नगर अस्पतालमा डायलासिस सेवा पनि सुरु गरिएको नगरप्रमुख प्रसाईंले बताइन् । मिर्गौला रोगीको सुविधालाई ध्यानमा राखेर रोटरी क्लबको सहयोगमा ६ थान मेसिन समेत नगर अस्पताललाई प्राप्त भएको बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत विनोदकुमार न्यौपानेले बताए । अस्पताल भवन उद्घटन कार्यक्रममा अस्पताल निर्माणमा सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here