रंगीन पर्व फागु पूर्णिमा

0
204

सनातन हिन्दू सस्ंकृतिभित्रका महत्वपूर्ण चाडपर्वहरु मध्ये रमाइलो पर्व हो –फागु पूर्णिमा । फागु, होली, फगुवा, फागु पूर्णिमासहितका अनेकौं नामहरुबाट यस पर्वबारे जानकारी लिन सकिन्छ । परापूर्वकालदेखि मनाइँदै आएको यो रङ्गिन पर्वले जाडो समयमा चिसोले कठ्यांग्रिएको शरीरलाई न्यानो पार्ने बसन्तऋतु आगमनको संकेत गराउँछ । जताततै ढकमक्क पूmल फुलाउँछ, वरिपरिको वातावरण स्वच्छ, हरियाली र मनमोहक गराउँछ । प्रत्येक वर्ष फागु पूर्णिमाको ‘होली पर्व’ले हामीबीचमा एकअर्कालाई मस्ती र रमाइलोको लागि भेट गराउँछ ।

जोगिरा सररर…
कुन तालमे ढोलक नाचे कुन ताल मजीरा
कुन तालमे नटुवा नाचे कुन ताल नजारा,
के बोलो सारारारारा… के बोलो सारारा…
जोगिरा सारारा…।

तराईमा होलीपर्वका अवसरमा प्रायः जताततै गाउने कारण भाइरल बनेको यस गीतलाई नै दोहा¥याउँदै–तेहे¥याउँदै गाउने गरिन्छ । जोगिरा भन्नाले सामान्य अर्थमा जोगीको रुपलाई स्वीकारिएको छ, पारिवारिक मायामोह लेनादेनाले नअल्झाउने, साधु–बिन्दास, निस्फिक्री एक फुर्सदिलो मानिसको रुपमा बुझ्न सकिन्छ । कञ्चन वनमे राम खेले होली… भन्दै गाइने गीतको बोलले भगवान राम पनि कञ्चन वनमा आएर होली खेल्न रुचाउँथे भनेर होलीको महत्वलाई बढाउन खोजेको पाइन्छ ।

तिहारमा घर–घरै पुगेर देउसी खेलेको रमाइलो भैंm फागु महोत्सवमा पनि व्यक्तिलाई घर–घरैबाट बाहिर आँगनमा निकालेर बाल्टीका बाल्टी रङ्गपानी खन्याउँदै, सारा शरीर भिजाउँदै खेलिएको होलीको रमाइलोपन यो पंक्तिकारमा पनि बाल्यकालमा खुब देखेको अनुभव छ । त्यो मनोरञ्जनात्मक शैली मानसपटलमा अहिले पनि ताजा बनेर बसेको छ । त्यसबेला निकै चहलपहल हुने झापाका शहरहरु मध्ये मुख्यरुपमा भद्रपुर र शनिश्चरे हुन् । अनि, भक्तपुर र काठमाडौंमा पनि भीषण फगुवा खेलिन्थ्यो । केही बर्षअघिसम्म काम बिशेषले सडकमा हिँड्दै गरेका अपरिचित महिला–पुरुषहरुलाई जबरजस्ती अबीर, लोला हान्ने, जिउमै पार्ने गरी फ्याक्ने, खन्याउने गरिन्थ्यो । तर, आजकाल खेल्न नचाहनेहरुलाई रङ्ग हाल्न कानूनी बन्देज छ ।

फागुमा विशेषगरी निलो रंगलाई शान्तिको द्योतकको रुप मानेर प्रयोग गरिन्छ । जसले मानवताको धैर्यतालाई दर्शाउँछ । त्यसरी नै पहेंलो रङ्ग भगवान श्रीकृष्णको प्रिय भएकाले विशेष महत्वको मानेर प्रयोग गरिन्छ । सौभाग्यको सूचक ठहरिएको रातो रङ्गको प्रयोग अन्य रङ्गको तुलनामा आजकाल अलिक धेरै हुनेगर्छ ।

आज विशेष रुपमा मालपुवा, तरुवा बगरुवा, माछा–मासु अनि सस्र्युको दाना, तिल वा आलस र अदुवा हालेर बनाएको छोपको अचार अनि बिभिन्न मिठाइहरुको आकर्षण दमदार र महत्त्वको ठानिन्छ । आज जीउमा तेल लगाउने र आँपको मुजुरा खाने चलन पनि छ, जीउमा तेल लगाउँदा छालामा रङ्ग नटासिने र मजुरा खाएमा सबै मुजुरामा टिकुला बन्ने, आँप सप्रने र धेरै फल्ने जनविश्वास छ । पश्चिम तराईतिर माटो जीउमा दलेपछि होलीको प्रारम्भ भएको मानिन्छ । यस वर्ष ‘कोरोना भाइरस’को डर नभएकाले फागु महोत्सवको प्रचुर रौनकता हुने अनुमान गरिएको छ । उपत्यकासहितका पाहाडी जिल्लाहरुमा अघिल्लो दिन अनि तराईमा भोलिपल्ट मनाउने गरिएकाले त्यसरी नै सार्वजनिक विदाको पनि व्यवस्था भएको छ ।

फागु पूर्णिमाका बारेमा त्रेतायुगीन प्रसङ्गमा उल्लेख भए अनुसार दैत्यराज हिरण्यकशिपुका पुत्र युवराज प्रल्हाद नित्य भगवान विष्णुको नाम जप्ने गर्दथे । राक्षसराज हिरण्यकशिपु आपैंm भगवान भएको घमण्ड राख्ने प्रवृत्तिका हुनाले उनलाई मन परेन, त्यसैले धेरै पटक छोरालाई सम्झाए । तर, भगवानको नाम जप्न नछाडेकाले आक्रोशित भएर बहिनी होलिकासँग आगोमा नडढ्ने शक्ति भएकोले प्रल्हादलाई बोकेर आगोमा बस्ने आदेश दिए । होलिकाले पनि आफूसँग आगोले डढाउन नसक्ने शक्ति रहेकाले प्रल्हादलाई काखमा लिएर बलेको आगोमा पसिन् । दन्दनी बलेको आगोले बालक प्रल्हादलाई केही गरेन, होलिका चाहिँ जलेर खरानी भइन् । पापवृत्तिकी होलिकाको मृत्यु भएकाले सत्यको जीत र असत्यको हार भएको खुशियालीमा ‘होली’ खेलिएको प्रथाको रुपमा थालनी भएको मानिन्छ ।

नारद पुराण र भविष्य पुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णलाई विषालु दूध खुवाएर मार्न आएकी बिशाल शरीरकी राक्षसी पुतनालाई पनि भगवान श्रीकृष्णले आजकै दिन वध गरेकोले गोपालबासीहरुले अत्यन्त रमाउँदै, हर्कबढाइँ गर्दै, उत्सव मनाउँदै ‘होली’ खेलेका थिए भनिएको छ । एकाग्रा अवस्थामा ध्यानमग्न रहेका महादेवको तप बिथोल्न खोज्दा भोलेनाथ शिवशंकर आवेशमा आएकाले अकस्मात तेस्रो नेत्र खुलेर भष्म भएका कामदेवको कथा पनि यसै प्रकरणसँग जोडिएर आएको छ ।

फागु पूर्णिमामा रङ्गीचङ्गी ध्वजापताकाहरु झुण्ड्याइएको प्रसङ्गमा द्वापरयुगीन प्रकरण आउँछ ः एकदिन आफ्ना सबै लुगा फुकालेर यमुना नदी किनारमा राखेर गोपिनीहरु नुहाउँदै थिए । भगवान श्रीकृष्ण त्यसैबेला कतैबाट घुम्दै आउँदा नदी किनारमा लुगा देखेर गोपिनीहरु नुहाउन लागेको थाहा पाई बटुलेर ध्वजापताका भैंm रुखमा जताततै झुण्ड्याएर सुमधुर भाकामा बाँसुरी बजाउन थालेछन्, एकधुनमा नुहाइरहेका गोपिनीहरुलाई बाँसुरीको धुनले झस्कायो र हतार–हतार अघि राखेका ठाउँमा लुगा खोज्दा ध्वजापताका भैंm रुखमा झुण्ड्याई राखेको देखेर यो सबै भगवान श्रीकृष्णकै खेल हो भन्ने बुझेर लाजले भुतुक्कै हुँदै श्रीकृष्णलाई अनुनय–विनय गर्न थाले । श्रीकृष्णले गोपिनीहरुलाई अबदेखि नुहाउँदा केही वस्त्र लगाएरै नुहाउन अर्ति उपदेश दिई लुगा फिर्ता गरेको भन्ने प्रसङ्ग आउँछ ।

काठमाडांैको बसन्तपुर गद्दी बैठक अगाडिको प्राङ्गणमा फाल्गुन शुक्ल अष्टमीका दिन तीन छत्र भएको अग्लो फागु पूर्णिमाको प्रतिक ‘चीर’ गाडिन्छ र रंगीबिरंगी कपडाहरु, ध्वजापताकाहरु वरिपरि जताततै झुण्ड्याइन्छ । त्यसपछि फागु गीत गाउँदै, रङ्ग छर्किदै, पूजा गर्दे अनुहार र जीउमा अबिर र रंगले भरिएको पिच्कारीबाट लोला हान्दै, दल्दै धुमधामले फागु उत्सव मनाइन्छ । फागुको अन्तिम दिन विधिपूर्वक भुन्ड्याइएका ध्वजापताकाहरुलाई भेला भएका सबैले हारालुछ गर्छन्, किनकि पताकाहरुमा शक्ति र औषधीय गुण रहेको जनविश्वास छ । यतिबेला खेलिएको भीषण होलीमा उडेको रङ्ग र अबीरले वातावरण नै रङ्गिन बनाउँछ । यसपछि बाजा बजाउँदै गीत गाउँदै चीरलाई टुँडीखेलमा लगेर पोलेपछि, फागु पर्व विदाइ भएको मानिन्छ ।

असिम जनआस्था भएको फागु पर्वको सारबाट बुझ्न सकिन्छ कि जतिसुकै बलशाली र शक्तिशाली भए पनि बिजय सत्यको हुने रहेछ । ब्रम्हाजीबाट वरदान पाएकी होलीकाले अबोध बालकलाई डढाउन काखमा राखेर आगोमा पस्दा आपराधिक विचारकै कारण परिस्थिति उल्टियो आपूm चाहिँ मरिन् । यहाँ सत्यको अगाडि शक्ति र बल निरीह भएको छ । सत्यको बिजय र असत्यको मृत्यु भएको छ– ‘सत्य डग्दैन, असत्य टिक्दैन’ भनाइ चरितार्थ भएको छ । होलीका शक्तिशाली भए पनि असत्यको मार्ग अनुशरण गरेकीले जीवन निरर्थक, आलोचनात्मक र व्यर्थ भयो । भक्त प्रल्हाद सत्यमा रहँदा जीवनमा पीडाहरु व्यहोर्नु परे पनि अजर–अमर बने । त्यसैले सत्यलाई आत्मसात गरौं । सत्यको अनुशरण गरौं । अनुशासित र मर्यादीत बनौं । रमाइलोसँग रङ्ग खेलौं । होली पर्व मनाऔं । जीवन धन्य बनाऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here