पथरीशनिश्चरे,

पथरीशनिश्चरे वडा नं. २ ले वडाका अति विपन्न ५ विद्यार्थीहरुलाई साइकल प्रदान गरेको छ ।
आज आईतबार वडा कार्यालयमा ति विपन्न विद्यार्थीलाई पठनपाठनका लागि सहज तुल्याउन साईकल वितरण गरिएको हो।
वडा अध्यक्ष नैना राई, वडा सदस्यहरु क्रमशः चन्द्र राई, खिलनाथ घिमिरे, अम्विका लिम्बु, महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल र वडा सचिव गोमादेवी पौडेलले संयुक्त रुपमा साइकल वितरण गर्नुभएको थियो ।
साइकल प्राप्त गर्ने विपन्न परिवारका विद्यार्थीहरु जिना गहतराज, सम्झना विश्वकर्मा, डोल्मा गुरुङ, रुविना साँवा लिम्बु र ग्रिष्मा रेग्मी रहेका छन् ।





























