कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता शुरु

0
190

झापा, झापाको बिर्तामोडमा आजबाट कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता २०७९ शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन कोशी प्रेदश सभा सदस्य एकराज कार्कीले गर्नुभयो । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।  
लायन्स क्लव अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीका अनुसार प्रतियोगिताका विजता टिमले नगद ५० हजार ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै द्वितीयहुने टिमले नगद ३० हजार ट्रफी र प्रमाणपत्र र तृतीय हुने टिमले सात हजार पाँच सय नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।
त्यस्तै भेट्रान तर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागीता जनाएका छन् । प्रतियोगिताका विजयीले नगद ३० हजार , द्वितीयले १५ हजार र तृतीय हुने टिमले नगद पाँच हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लव अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिनुभयो ।
स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगितामा ३६ वटा टिमको सहभागीता रहेको कार्यक्रम संयोजक लोरेन्स विष्टले बताउनुभयो ।
प्रतियोगितामा झापा सहित ताप्लेजुङ, पाँचथर, उदयपुर, इलाम, सुनसरी लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी छन् ।
लायन्स क्लव अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिस्टिक ३२५ सी का क्याविनेट सेक्रेटरी लीला चिमरिया, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी प्रशान्त, मेहरमान स्मृति प्रतिष्ठानका सल्लाहकार कुल वहादुर खड्का, मेहरमान व्याडमिटन क्लवका अध्यक्ष दिलेन्द्र कार्की लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
लायन्स क्लव अफ बिर्तामोडमा अध्यक्ष बलराम कार्कीले स्वागत सहित प्रतियोगिताको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा झण्डोत्तोलन दिपक पोखरेलले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका सचिव कुशल खतिवडाले गर्नु भएको थियो ।
प्रतियोगिता बिर्तामोड ३ स्थित मेहरमान वहुउद्देश्यीय कवर्ड हलमा सञ्चालन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here