आईसीटी सम्बन्धी गोष्ठी

0
238

सुरुङ्गा ।

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका विद्यार्थीको आयोजनामा भएको शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि(आईसीटी) को प्रयोग विषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ ।

स्थानीय कन्काई माध्यमिक विद्यालय सुरुङ्गामा छात्र शिक्षकका रूपमा गएका स्नातकोत्तर ईपीएम चौथो सेमेस्टर प्राक्टिकम समूहका ११ जना विद्यार्थीको आयोजनामा सो गोष्ठी भएको हो । गोष्ठीमा प्रमुख अतिथि कन्काई मावि सुरुङ्गाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रसाद प्रसाईंले खोजेर, अनुसन्धान गरेर, प्रयोग गरेर, अझ गहिरिएर ज्ञानको निर्माण गर्न सके प्राप्तज्ञान र सीप टिकाउ हुनसक्ने भएकाले यसरी प्राप्त ज्ञानलाई वास्तविक जीवनमा लागू गर्न पनि सहजहुने बताए ।

प्रसाईंले गोष्ठीको विषयवस्तु समसामयिकरहेको रसिकाइ सहजीकरणका क्षेत्रमाआईसीटीको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले सूचनातथा सञ्चार प्रविधिले विद्यार्थीलाई ज्ञान आर्जनका लागि उत्प्रेरणा मात्र दिइरहेको छैन, विषयवस्तु बुझ्न, लामो समयसम्म सम्झन र प्राप्तज्ञानलाई व्यावहारिक जीवनसँग गाँसेर लैजान सहयोग गर्ने भएकाले सबै विद्यालयले पढाइ लेखाइलाई आईसीटीसँग जोडेर जान जरुरी रहेको सुझाव दिएका थिए ।

कन्काई माविको सभाहलमाभएको गोष्ठीमा सम्पूर्ण छात्रशिक्षकको प्रतिनिधित्व गर्दै मेनुका शिवाकोटीद्वारा प्रस्तुत गरिएको कार्यपत्रमाथि कन्काई माविका सहायक प्रअ तीर्थराज खरेल र कनकाई बहुमुखी क्याम्पसका सहायक प्राध्यापक चन्द्रविनोद कोइरालाले कार्यपत्र माथि टिप्पणी गरेका थिए ।

कार्यपत्रमा शिक्षकको पेशागत विकास, विद्यार्थीको सिकाइमा पूर्ण सहभागिता, कक्षा छोड्ने दर घटाउन आईसीटीको भूमिकाहुनेमा जोड दिइएको थियो । नीतिगत प्रावधानको कमी, दक्षजनशक्तिको अभाव, प्रविधिमा पहुँचको समस्या, भौगोलिक विकटता, परम्परागत पद्धतिको निरन्तरता, प्रयोगशालाको अभाव लगायतका चुनौति तथा समस्या रहेको कार्यपत्रले देखाएको थियो ।

राज्यले आईसीटी सम्बन्धी दक्षजनशक्ति उत्पादन गर्न जोड दिनुपर्ने, पाठ्यक्रम निर्माणमा आईसीटी सम्बन्धी पाठ्यांश समावेश गरिनुपर्ने, योजना निर्माण, शिक्षण, अनुगमन, मूल्याङ्कन र पृष्ठपोषणमा आईसीटीलाई जोडेर लैजानुपर्ने सुझाव कार्यपत्रले दिएको थियो ।

छात्र शिक्षक तारा सुवेदी (पौडेल) ले स्वागत मन्तव्य राखेको कार्यक्रममा सुशिला खडकाले औचित्यमाथि प्रकाश पारेकी थिइन् । शिक्षक–अभिभावक सङ्घका सदस्यहरू दीपक पाण्डे, राजन पराजुली, राम घिमिरे, मिना खतिवडा, सहायक प्रअ चन्द्रप्रसाद शिवाकोटी, आधारभूत तह संयोजक खड्गप्रसाद आचार्य लगायतको आतिथ्य रहेको कार्यक्रममा विद्यालयका प्रअ कर्णबहादुर डाँगी, कार्यक्रममा शिक्षक–अभिभावक सङ्घका अध्यक्ष रमेश शेर्पा,कनकाई बहुमुखी क्याम्पसका उपप्राध्यापक ठाकुरप्रसाद रसाइलीलगायतले मन्तव्य राखेका थिए ।

छात्रशिक्षक गौरीलाल प्रधानको अध्यक्षतामा भएको कार्यक्रम तोया ओलीले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here