एकीकृत कर्मचारी संगठनमा गगनसिंह

२९ फाल्गुन २०७९, सोमबार मा प्रकाशित

झापा,  नेकपा एकीकृत समाजवादी निकटको एकीकृत सरकारी कर्मचारी संगठन नेपालको प्रथम अधिवेशनबाट अध्यक्षमा गगनसिंह बिष्ट चयन भएका छन् ।
संगठनको भक्तपुरस्थित बोडेमा सम्पन्न अधिवेशनबाट विष्ट अध्यक्षमा चयन भएका हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष चेतनाथ न्यौपाने चयन भएका हुन् । न्यौपाने बाह्रदशी गाउँपालिकामा कार्यरत अधिकृत हुन् । अधिवेशनले सुनसरीका प्रकाश राईलाई महासचिवमा चयन गरेको छ ।
अधिवेशनले एक सय ५० सदस्यीय केन्द्रीय समिति सर्वसम्मतिले चयन गरेको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष न्यौपानेले जानकारी दिए ।
उनका अनुसार, ‘सृजनशील प्रशासन–समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ अधिवेशन फागुन २६ बाट शुरु भएको थियो । अधिवेशनबाट सह–अध्यक्षमा शरणकुमार गुरुङ र अर्का वरिष्ठ उपाध्यक्षमा यामबहादुर खत्री चयन भएका छन् ।
खुला उपाध्यक्ष दिनेश लम्साल, महिला उपाध्यक्षसहित चार जना अन्य उपाध्यक्ष, सातै वटा प्रदेशको प्रतिनिधित्व हुने गरी उपाध्यक्ष पनि चयन भएका छन् ।


आदिवासी जनजाति, श्रेणीविहीन, पिछडिएको क्षेत्र, अस्थायी करार, प्रदेश र स्थानीय तह उपाध्यक्षको व्यवस्थासहितको पदाधिकारी चयन भएको उक्त संगठनले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here