विमल दहाल,
इलाम ।
प्रथम माई आइडल अन्तर्गत अन्तिम चरणको अडिसनका लागि नौ जना छनौट भएका छन्।
सोमवार दानाबारीमा सम्पन्न भएको गायन प्रतियोगितामा अरुण खाती, अनिल राई, सुबास रामदाम, केशव दुलाल, अन्जना सेन्चुरी, निरोज मगर, शान्ता लिम्बु,आदित्य खाती र आशिष कालिकोटे छनौट भएका छन्।
पारिजात युवा समुह माई नगरपालिकाको आयोजनामा भएको प्रतिभा छनौट कार्यक्रममा सङ्गीत गुरु दीपक रायमाझी प्रमुख निर्णायक रहनुभएको थियो । चिसापानी,दानावारी र महमाईबाट मा यस अघिनै प्रथम अडिसन सम्पन्न भएको र सोमबार दानाबारी अडिसन सम्पन्न गरिएको हो।
दानाबारीको अडिसनबाट ८ जना, चिसापानीबाट ८ जना र महमाईबाट ९ जना गरि २५ जना छनौट गरिएकोमा बिभिन्न अडिसनबाट ९ जना छनौट गरिएको आयोजक संस्थाका अध्यक्ष अनिलकुमार तामाङ्ले जानकारी दिनुभएको छ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।