फेरि चिनियाँ प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आउँदै

१ चैत्र २०७९, बुधबार मा प्रकाशित

काठमाडौं।

चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडका उपाध्यक्ष झाङ साओगाङ चार दिने नेपाल भ्रमणमा आउने भएका छन्।

नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिअनुसार झाङसहितको टोली मार्च १२ देखि १५ गतेसम्म नेपाल भ्रमणमा रहनेछन्। उपाध्यक्ष झाङ नेपाल उद्योग परिसंघको निमन्त्रणामा नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा चिनियाँ प्रतिनिधि मण्डलले सिएनआइका अधिकारीसँग भेटघाट गर्नुको साथै नेपाल–चीन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रि र चिनियाँ उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here