नारायणप्रसाद तुलसादेवी दाहाल स्मृति अक्षयकोषको स्थापना

१ चैत्र २०७९, बुधबार मा प्रकाशित

दुहागढी ।

झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा नारायणप्रसाद तुलशादेवी दाहाल स्मृति अक्षयकोषको स्थापना भएको छ ।

पूर्वविद्यार्थी सुर्य दाहाल र उहाँकी धर्मपत्नी सुशिला दाहालले आफ्ना दिवंगत बुबा नारायणप्रसाद र आमा तुलशादेवी दाहालको स्मृतिमा २ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् ।

अक्षयकोषबाट प्राप्त हुने व्याजबाट हरेक वर्ष विद्यालको वार्षिक उत्सवको अवसरमा कक्षा ८ र एस.ई.ई. परिक्षामा सर्वाेत्कृष्ठ अंक हासिल गर्ने दुई छात्र र दुई छात्रालाई छात्रवृति प्रदान गरिने विद्यालयले जनाएको छ ।

विद्यालयमा बुधबार आयोजित एक कार्यक्रममा अक्षयकोष दाता दाहालले अक्षयकोष सहित विद्यालयलाई थप २० हजार रुपैयाँ चन्दा समेत प्रदान गरेका थिए । रकम ग्रहण गर्दै प्रधानाध्यापक विश्व थापाले दातालाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here