क्यान्सर पीडित विपन्न महिलालाई राहत सामग्री प्रदान

१ चैत्र २०७९, बुधबार मा प्रकाशित

पथरीशनिश्चरे,

पथरी शनिश्चरे नगरपालिकाले वडा नम्बर ८ मा स्तन क्यान्सरबाट पिडित रहेका विपन्न महिलाहरूलाई खाद्यान्न सहितका विभिन्न सामग्रीहरू वितरण गरिएको छ।

लामो समयदेखि प्राणघातक क्यान्सर रोगको कारण स्तनबाट पीप बगिरहने हृदयस्पर्शी अवस्थामा रहेका ति महिलाहरूलाई खाद्यान्न राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

सोहि वडाको मंगलबारे निवासी वृद्धा बिष्णुमाया लिम्बू र मिलन चोक निवासी युवती पवित्रा लिम्बुको घरमा खाद्यान्न अभाव भएको भन्ने खबर सुनेपछि वडा अध्यक्ष नवीन कार्कीको पहलमा २/२ बोरा चामल,५/७ पोका खाने तेल, नुन, दाल लगायत खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।

नगरप्रमुख मोहन तुम्बापो, उपप्रमुख देविमाया काफ्ले, वडा अध्यक्ष नवीन कार्की, वडा सदस्यहरु झमक बहादुर लिम्बू, शान्ता योङ्हाङ, शिवकुमारी बिश्वकर्मा, वडा सचिव अशोक कार्की समेतको टोलीले खाद्यान्न हस्तान्तरण गरेको हो।

साथै, क्यान्सर रोगबाट पिडित भएर सिलिन्डर अक्सिजनको भरमा कष्टकर जीवन बिताइरहेकी सोहि वडाकी आरने टोल निवासी मिना बिश्वकर्मालाई पथरीशनिश्चरे -२ को पथरी नगरअस्पतालले अक्सिजन सिलिन्डरको ब्यवस्थापन गरिदिएको छ । वृद्धा मिना लामो समयदेखि पाठेघरको क्यान्सर भएर जीवन मरणको दोसाँधमा सङ्घर्षरत हुनुहुन्छ।

क्यान्सर पीडित तिनै जनाको परिवारलाई निशुल्क स्वास्थ्य बिमा समेत गरिएको वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिनु भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here