गौतमको स्मृति दिवसमा रक्तदान कार्यक्रम

0
103

बिर्तामोड ।

झापाको बिर्तामोड–२ स्थित रामचोकमा सूर्य गौतमको स्मृति दिवसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रामचोक युवा समूहको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको रामचोक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजु गौतमले जानकारी दिए । रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस बिर्तामोड शाखाले गरेको थियो ।

बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको विशेष आतिथ्य रहेको थियो । विभिन्न सामाजिक काम गर्दै गौतमको स्मृति दिवस मनाउने गरिएकोमा यस पटक रक्तदान कार्यक्रमको आयोजना गरेर मनाइएको जनाएको छ ।

रामचोक युवा समूहका कार्यवाहक अध्यक्ष हेमन्त तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा परिवारकातर्फबाट ५० हजार रुपैयाँ युवा समूहलाई सहयोग प्राप्त भएको जनाएको छ ।

कार्यक्रममा रामचोक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजु गौतमले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन रक्षा तिम्सिनाले गरेकी थिए । गौतमको १७ वर्ष अगाडि भारतबाट नेपालतर्फ आउनेक्रममा नेपाली सेनाको गोली लागेर मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here