मुन्धुममा फूल जस्तो जीवन

४ चैत्र २०७९, शनिबार मा प्रकाशित

वनस्पति जगतमा सबैभन्दा बढी महत्वका साथ प्रयोग गरिने वस्तुहरु मध्ये फूल पर्दछ । फूलको महत्व धेरैजसो भौगोलिक क्षेत्रदेखि जातीय, वर्ग, लैङ्गिक विशेषता अनुसार छुट्टाछुट्टै रुपमा उल्लेख गरेको पाइन्छ । वास्तवमा फूलले सबै प्राणीजगतको मन मस्तिष्कमा सुन्दरता, आनन्द, प्रेम, शान्ति आदिकोे प्रतिकको रुपमा स्थान पाएकोे छ । गीत–संगीतदेखि साहित्यमा पनि पूmललाई विशेष विम्व, प्रतिकको रुपमा प्रयोग गर्ने गरिन्छ । जस्तो गीतकार दुर्गालाल श्रेष्ठले ‘फूलको आँखामा फूलै संसार देखे’, गायिका आनीछोइङ डोल्माको गलामा ‘फूल किन फुल्छ’, मदन पुरस्कार विजेता बिष्णुकुमारी वाइबालाई त झन साँझ परेपछि झरी जाने फूल ‘पारिजात’ जस्तै शिरिषको फूलले नै परिचित गराए भने मदन पुरस्कारबाट साहित्यकार झमक घिमिरे ‘जीवन काँडा कि फूल’ किर्तिबाट सम्मानित हुनुभयो ।

साहित्यमा मात्र नभएर मानवीय दैनिक जीवनमा पनि फूलको ठूलो महत्व र प्रयोग छ । पूजा–आराधना गर्न, घरदेखि कोठा सजाउन, विशेष अवसरमा बधाई तथा शुभकामना आदान–प्रदान गर्नदेखि प्रेमी–प्रेमिका बीच उपहार लिन दिन फूलको नै प्रयोग हुने गरेको छ । त्यस्तै विभिन्न मूल्य–मान्यताका देवी–देवतादेखि मठ–मन्दिरहरुमा पनि पूजाको प्रकृति हेरी पूmलको प्रयोग छुट्टाछुट्टै हुने गरेको पनि पाइन्छ । किरात मन्दिरहरुमा सेतो रङ्गको फूलहरु प्राय जसो प्रयोग गर्ने प्रचलन छ भने हिन्दू मठ–मन्दिरहरुमा प्रायः सबै रंङ्ग र जातको फूलहरु चढाउने गरिन्छ । त्यस्तै पश्चिमा मुलुकमा भने विभिन्न जात र रंङ्गहको फूलहरुलाई विभिन्न अर्थमा प्रयोग गर्ने गर्छन् । प्रणय दिवसको दिन भविष्यमा श्रीमान्–श्रीमतीको छनक दिन रातो गुलाफको आदान प्रदान गरिन्छ । त्यस्तै पहेलो गुलाफले असल साथीको संकेत गर्छ भने सेतो गुलाफले विछोड वा विदाइको संकेतका रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । फूलको महत्व र विशेषता आ–आफ्नो किसिमको छ लिम्बू जाति–संस्कृतिमा पनि फूलले विशेष महत्व राख्दछ ।

लिम्बूहरुको धर्मशास्त्र मुन्धुममा फूललाई जीवनको प्रतिकको रुपमा उल्लेख गरिएको छ । विभिन्न जाति, प्रजातिका फूलहरुलाई बिभिन्न किसिमका प्राणी, मानव र प्रेतात्माहरुको प्रतिकको रुपमा लिने गरिन्छ । मुन्धुम शास्त्र अनुसार प्रत्येक मानवको प्रतिकको रुपमा अर्को लोकमा एउटा फूल हुन्छ । अर्को लोकमा फूलेको त्यो फूल राम्ररी फुली रह्यो भने त्यो मानवको जीवनमा सुस्वास्थ्य, दिर्धायु, सुख–समृद्धी एवम् उन्नती प्रगति हुन्छ भन्ने मान्यता छ । तर, त्यो फूल फूल्न सकेन, ओइलाएको छ वा मुर्झाएको छ भने त्यो मानवको जीवनमा प्रतिकुल असर पर्छ भन्ने विश्वास गरिन्छ ।
त्यसैले अर्को लोकमा भएको मानव प्रतिकको रुपमा रहेको फूललाई ओइलाउन नदिई ढकमक फुलाउनको लागि विभिन्न किसिमका धार्मिक अनुष्ठानहरु लिम्बू समुदायले गर्ने गर्छन् । जस्तो नाहेन्÷नाहाङ्गमा, फुङमा चामा तथा माङगेना पूजा गर्ने गरिन्छ । ती अनुष्ठानहरु रामरी गरिएमा अन्य मानिसको आँखी डाही नलाग्ने, गर्वका साथ शिर उठाउने र जीवनमा सुख–समृद्धी उन्नती प्रगति हुने मान्यता छ । ती अनुष्ठानमा मानवको शिर उठाउने कार्य माङ्गेना गर्दा अर्को लोकमा भएको मानव प्रतिक रुपी पूmललाई बचाई फुलाउने काम गरिन्छ । फेदाङमाद्वारा यी अनुष्ठान पूरा गरेपछि लिम्बूहरुले आफूलाई पुनः जागरित भएको पाउँछन् र गर्वका साथ शिर ठाडो गरी बाच्छन् भन्ने जनविश्वास रही आएको छ ।

लिम्बू मुन्धुम शास्त्र अनुसार अर्को फूल सेक्मुरी फूललाई मानव प्रतिकको रुपमा लिइन्छ । यो फूल राम्ररी फुल्नु, फैलनुलाई शुभ संकेत मानिन्छ । त्यस्तै मित्किते फूङ अर्थात् लंकाशनी वा आँखा तरुवा फूल ९ःष्चबदष्ष्कि व्बबिउब० भने मृत आत्माको प्रतिकको रुपमा चिनिन्छ । त्यसैले यो फूल पूजा–अर्चनामा प्रयोग गरिन्दैन । बाबरी पूmल वा अन्दङ्ग फूङ ९इअष्mगm दबकष्ष्अिगm०लाई बाघको प्रतिक मानिन्छ । लिम्बू मुन्धुम अनुसार च्याबु्रङ ‘केङ’बाजाको उत्पत्तिमा बाघ र मान्छेको युद्ध हुँदा उनीहरुको आमाले बाघको प्रतिक अन्दङ्ग फूङ र मानव प्रतिक सेकुमारी फूङलाई हेरेर युद्धको अवस्थाबारे थाहा पाइन् भन्ने कथा वा मुन्धुम रहेको छ । जुन युद्ध घनघोर जंगलमा बाघ र मान्छे बीच चलिरहँदा यता आमाले घरको बलेसीमा बसी दुईवटा कलसमध्ये एउटा कलशमा बाबरी फूल र अर्को कलशमा राखिएको सेकुमारी फूल हेरी युद्धको अवस्थाबारे थाहा पाइन् । दुईवटा कलशमा राखिएको फूलहरु मध्ये दिनानुदिन अङदङ फूङ अर्थात् बाबरीफूल सुक्दै जान्छ भने सेकुमारी फुङ जाग्दै जान्छ । यसरी उनीहरुको आमाले बाघको हार भएको र मान्छेको जीत भएको अवस्था फूल हेरेर थाह पाइन् ।

त्यस्तै प्रायः जसो पहाडी क्षेत्रको वनजंगलमा पूmल्ने रातो सुगन्धित सुनाखरी ९पष्लम या चभम कधभभत(कmभििष्लनराचबनचबलतरबचयmबतष्अ यचअजष्म० अर्थात् सिङजाङ्गो पूmङ चाही तरुनी÷तन्नेरीहरुले माया जोडन आदान प्रदान गर्ने गरेको कथा मुन्धुमशास्त्रमा उल्लेख छ । लिम्बू मुन्धुममा अनिवार्य रुपमा फलाकिने अर्को महत्वपूर्ण फूल हो । जसलाई कक्कफेवा पूmङ अर्थात् चाँपको पूmल भनिन्छ । चाँप किसानहरुले लगाएको अन्न बाली पाकेपछि पूmल्ने हुँदा चाँप फुलेको यामलाई नयाँ बर्षको रुपमा लिइन्छ । योे समयलाई लिम्बू जातिले कक्कफेवा तङ्नाम वा कुसङ तङ्वे अर्थात् नयाँ बर्षको चाडको रुपमा मनाउने गर्दछन् । चाँप पूmल्नु भनेको लिम्बू संस्कृतिमा नव बर्ष शुरु भएको शंकेत हो । जसरी जापानमा साकुरा (आरु पूmल) फुल्नुलाई नयाँ बर्षको आगमन भन्ने बुझिन्छ ।

लिम्बू जातिको मुन्धुम शास्त्रमा धेरै किसिमका पूmलहरुको आ–आफ्नो पहिचान र महत्व छ । यसको खोज अनुसन्धान गरी वनस्पती जगतमा संस्कृति र प्रकृतिको अन्योन्याश्रित सम्बन्धलाई संरक्षण र उपयोग गर्न सकिन्छ । लिम्बू जनजीवनमा फूललाई संस्कृति र प्रकृतिसित जोडेर गरिने धार्मिक अनुष्ठानलार्ई फुङ्वा चामा भनिन्छ । यस्तो अनुष्ठानहरु प्रत्येक लिम्बूहरुले गर्ने हुँदा लिम्बू समुदायको जीवन फूल जस्तै सुन्दर, शान्त, प्रेमयम, धार्मिक सहिष्णुतायुक्त छ भन्ने उद्घोष गराउँछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here