चीनअघि भारत जाने तर्खरमा प्रचण्ड

0
129

काठमाडौं । 

फाइल तस्बिर

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मूलक भारत जाने तयारी थालेका छन् ।

पहिलोपल्ट प्रधानमन्त्री हुँदा चीनबाट विदेश भ्रमण थालेका प्रचण्डको चौतर्फी विरोध भएको थियो । त्यसैले आफ्नो कार्यकालको पहिलो भ्रमण भारतबाट उनले सुरु गर्न लागेका हुन् ।

उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले चैतको पहिलो साता भित्रै विश्वासको मत लिने तयारी छ । त्यससँगै मन्त्रिपरिषद् विस्तार गरेपछि उनी भारत जाने तयारीमा लागेका छन् । प्रधानमन्त्रीका रूपमा यो उनको तेस्रो दिल्ली भ्रमण हुनेछ ।

प्रचण्डलाई चीनबाट भ्रमणको निम्तो आए पनि उनले यस पटक भारतलाई नै रोजेका छन् । प्रचण्डलाई बोआओ फोरममा सहभागी हुन चिनियाँ राजदूत छन सोङले निम्तो दिएका थिए । तर भारत भ्रमण अघि चीन जान नहुने उनको ठहर छ ।

भारतको भ्रमणपछि उनले चीनको भ्रमण गर्ने छन् । त्यसको लागि समय बेइजिङ स्थित राजदूतावासबाट मिलाउने काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here