बक्यौता रकम उठाउन खानेपानी समितिको घरदैलो अभियान

0
152

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८स्थित शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बक्यौता रकम उठाउन अभियान सुरु गरेको छ ।

समयमा पानीको महसुल नबुझाउने उपभोक्ताहरुलाई समितिकोतर्फबाट पटक–पटक तागेता गर्दा पनि महसुल नबुझाएपछि आफूहरुले बैठकबाट निर्णय गरि अभियान सुरु गरेको समितिका अध्यक्ष किरण शिवाकोटीले जानकारी दिए ।

समितिका अध्यक्ष शिवाकोटी र सदस्य एवम् बक्यौता समितिकी संयोजक देवकला प्रसाईंको संयुक्त टोलीले गत शनिबारदेखि अभियान सुरु गरेको हो । “उपभोक्ताहरुले महसुल नबुझाएसम्म अभियानलाई निरन्तरता दिन्छौं ।”–अध्यक्ष शिवाकोटीले प्रष्ट पारे ।

टोलीमा उपाध्यक्ष किरण वन, सचिव राकेश ढकाल, सहसचिव शान्तिदेवी राई, सदस्य यज्ञलाल श्रेष्ठ, बक्यौता समितिका सदस्य राजेन्द्र काफ्लेलगायतको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here