दुर्गापुरमा महापुराण लाग्ने

६ चैत्र २०७९, सोमबार मा प्रकाशित

सुरुङ्गा ।

झापाको कनकाई नगरपालिका–१ दुर्गापुरस्थित दुर्गा भगवती (मनसादेवी) मन्दिरमा चैत ८ गते देखि १६ गतेसम्म श्रीमद्देवी भागवत् महापुराण नवाहज्ञान महायज्ञ लगाइँदै छ ।
लक्ष्यवर्ती दीपप्रज्ज्वलन, भजनकीर्तन, जाग्रम, पूर्णाहुतीसहित सम्पन्नहुने उक्तमहापुराणको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिले आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

पुराणपण्डित नारायणशरणकाफ्लेको प्रमुखवाचकत्व र पण्डित सुवास ढकालको उपवाचकत्वमा सम्पन्नहुनेछ । मन्दिर परिसरमा सत्सङ कक्षसहितको सामुदायिक भवन बनाउने र हाल दैनिक खर्च सञ्चालनका लागि अक्षयकोषमा रहेको साढे ६ लाख रुपैयाँलाई बढाएर १२ लाख रुपैयाँ पु¥याउने उद्देश्यका साथ महापुराण आयोजना गरिएको मूलआयोजक समितिका संयोजक सरला दाहाल पोखरेलले जानकारी दिइन् ।

८८ लाख रुपैयाँको लागत अनुमान गरिएको सामुदायिक भवनको निर्माणकार्य सम्पन्न गर्न समाजसेवी कुमारमणि पोखरेलको अध्यक्षतामा सामुदायिक भवननिर्माण समिति गठन भई कार्य अघि बढिरहेको जानकारी दिइयो ।
२०२६ सालदेखि सञ्चालनमा रहेको मानिएको मन्दिरको नाममा परिसरमा २ कठ्ठा७ धुर र कनकाई–१ कै अर्कोठाउँमा १० कठ्ठाजग्गा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलाले बताए । महापुराण सम्पन्न गर्न ६ लाख रुपैयाँखर्च लाग्ने अनुमान गरिएको छ । पुराणलाई व्यवस्थित रूपमा सम्पन्न गर्न १५ वटा उपसमिति गठन गरिएका छन् । प

पत्रकार सम्मेलनमा कनकाई नगरपालिकावार्ड नं. ७ का वार्ड अध्यक्ष भीष्म भूषण सिटौला, आयोजक समितिका महासचिव गोपालप्रसाद पोखरेल, सचिव रामप्रसाद निरौला,कोषाध्यक्ष रोहितकुमार भट्टराई, सल्लाहकार ताराप्रसाद खनाल, आर्थिक समिति संयोजक मनोजकुमार पोखरेल, मन्दिर व्यवस्थापन समितिकापूर्व अध्यक्षशम्भुप्रसाद पोखरेल, विदुर पोखरेल, त्रिलोचन पोखरेल, छबिलाल कोइराला, डिल्ली रिजाल, भूवन खतिवडा, शिक्षाकर्मी राजन कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here