पथरीशनिश्चरे -७ मा बौद्ध धर्म सम्बन्धित मायादेवी पार्कको शिलान्यास

0
198

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे -०७ मंगलबारे स्थित चुम्लुङ चोकमा बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धकी माता मायादेवीको स्मृतिमा पार्कको मुल गेट निर्माणका लागि शिलान्यास भएको छ।

सोमबार नगरप्रमुख मोहन प्रसाद तुम्वापो, प्रदेश सांसद विद्या चाम्लिङ राई, लामा गुरु, संविधान सभा सभासद चण्डी प्रसाद राई र पार्क संचालक समितिका अध्यक्ष कृष्ण कुमारी राईले संयुक्त रूपमा शिला राखेर शिलान्यास गर्नुभएको हो।

प्रदेश सांसद विद्या चाम्लिङ राईले नगरपालिका, प्रदेश र संघीय सरकारको तर्फबाट बहुवर्षीय योजना तर्जुमा गरेर यो पार्क निर्माण गर्ने सुझाव दिँदै आफुले सक्दो सहयोग पुर्याउने बताउनुभयो। सोहि अवसरमा पथरीशनिश्चरेका नगरप्रमुख मोहन प्रसाद तुम्वापोले सबै पक्षको सकरात्मक सोच र सहयोग गर्न आग्रह गर्दै पर्या पर्टकीय महत्व बोकेको सो योजनालाई सफल तुल्याउन आवश्यक रहेको बताउनुभयो।

उहाँले देशका विभिन्न ठाउँमा छरिएका धार्मीक तथा पर्यटकीय स्थलहरूको भ्रमण गरेको दृश्टान्त प्रस्तुत गर्दै यो मायादेवी पार्कको निर्माण पछि पर्यटकहरू भित्र्याउन रमणीय स्थल बन्ने कुरामा विश्वास्त रहेको उल्लेख गर्नुभयो।

विश्वशान्तिका दुत गौतम बुद्धकी ममतामयी आमा मायादेवीको स्मृतिमा धार्मिक तथा स्थानीय पर्यटन प्रवर्द्धन गर्दै स्थानीयहरूको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले मायादेवी पार्क निर्माण गरिने भएको हो । गत आर्थिक वर्ष २०७८/२०७९ को बिनियोजन भएको २५ लाख रुपैयाँ बराबरको बजेटबाट पार्क निर्माण गरिदैछ। ११ जना लामा गुरूहरुले मन्त्रोच्चारण गर्दै बौद्ध परस्परा अनुसार लामा गुरूद्वारा धार्मिक संस्कार गरि राजनीतिक व्यक्तित्वहरूबाट पार्कको मुल गेटको शिलान्यास गरिएको हो।

अघिल्लो प्रदेश सरकार अन्तर्गत पर्यटन,उद्योग तथा वाणिज्य मन्त्रालयबाट सो क्षेत्रमा पार्क निर्माणको लागि आर्थिक वर्ष -२०७८/२०७९ मा २५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सो रकम आर्थिक वर्ष २०७९/०८० मा निवर्तमान मुख्य मन्त्री राजेन्द्र कुमार राईको नेतृत्वको सरकारको पालोमा सो रकम उपलब्ध भएको र स्थानीय बासिन्दाहरूको ४ लाख बराबरको श्रमदान सहित कूल २८ लाख रुपैयाँको बजेटले उक्त पार्क निर्माण सम्पन्न गरिने संचालक समितिका सचिव जोन लिम्बुले जनाएका छन्।

पार्क निर्माणको लागि पथरीशनिश्चरे -७ को मंगलबारे डांडा स्थित पथरी खोला आसपासमा वर्षौंदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गा ८ घर परिवारले मिलेर कूल १८ कठ्ठा क्षेत्रफलको जग्गा निशुल्क प्रदान गरेका हुन्।

निशुल्क अनुदान सहयोग गर्नेहरूमा क्रमशः विष्णु कुमारी राई (५) ,निर बहादुर विक (५ कठ्ठा), मन माया तामाङ (२.१० धुर),गंगा माया तामाङ (२ कठ्ठा), जग माया राई (१कठ्ठा) ,श्रीमाया लिम्बु (१ कठ्ठा), धनमाया लिम्बु (१) र छविलाल लिम्बु (१० धुर ) रहनुभएको छ।

पार्कको हाताभित्र मायादेवीको शालिक सहितको प्रवेशद्वार, घेराबारा, बाल बालिकाहरूको लागि मनोरञ्जनात्मक खेलौनाका स्थलहरू, आकर्षक बगैंचा आदि पुर्वाधारहरु निर्माण गरिने योजना रहेको पार्क संचालक समितिका अध्यक्ष कृष्ण कुमारी विश्वकर्माले जानकारी दिनुभयो।यि पुर्वाधारहरु चालु आर्थिक वर्षको असार अगाडि नै निर्माण कार्य सम्पन्न गर्ने गरी संझौता भएको छ।

उक्त अवसरमा पार्क संचालक समितिका अध्यक्ष कृष्ण कुमारी विकको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभाका सभासद् चण्डी प्रसाद राई, नेपाल घेदुङ संघका वरिष्ठ लामा गुरु दावा लामा, प्रमुख लामा गुरू सोनाम लामा, पथरीशनिश्चरे नगर घेदुङ का अध्यक्ष गणेश लामा, वडा नं ७ का वडाध्यक्ष उद्ववराज बस्नेत, वडा सदस्यहरु क्रमशः नरेश बहादुर राई र मनिस सुब्वा ,उपाध्यक्षद्वय चन्द्र बहादुर थापा र ओम प्रसाद राई , सल्लाहकार सदस्यहरुको पनि उपस्थिति थियो ।उक्त अवसरमा जग्गा दाताहरूलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here