पतन्जलि योग समिति कमलको आयोजना निःशुल्क योग शिविर

६ चैत्र २०७९, सोमबार मा प्रकाशित

कमल ।

पतन्जलि योग समिति कमलको आयोजना र ज्योति टोल विकास सस्था कमल ४ को व्यवस्थापनमा पाँच दिवसिय निःशुल्क योग विज्ञान शिविर सुरु भएको छ ।

“गरौं योग, बनौं निरोग” भन्ने नाराका साथ कमल ४ स्थित ज्योति आधारभुत विध्यालयको प्राङ्गणमा आज बाट सुरु भएको योग विज्ञान शिविर दैनिक विहान ४ बजे देखि ६ बजे सम्म सन्चालन रहने आयोजकले जनाएको छ ।

आज पहिलो दिन पतन्जलि योग समिति कोशी प्रदेशका महामन्त्री लक्ष्मीप्रसाद काफ्लेले दैनिक रुपमा गरिने आशन,प्रणायान, ध्यान र आहार विहारले मानव शरिरमा पुग्ने फाईदाका विषयमा सहभागीलाई जानकारी गराउनु भएको थियो ।

पछिल्लो समय स्वस्थ्य रहने एकमात्र उपाय भनेको योग हो । त्यसैले दैनिक रुपमा विहान योग गर्न अनुरोध गर्दै खानपानमा समेत ध्यानदिन कमल गाउँपालिका ४ नम्वर वडा अध्यक्ष चन्द्र भट्टराईले बताउनु भयो ।

पतन्जलि योग समिति कमलका अध्यक्ष कृष्णप्रसाद ओझाको अध्यक्षतामा सम्पन्न शिविर उद्घाटन कार्यक्रममको सन्चालन पतन्जलि योग समिति कमलका महामन्त्री तिलोचन गौतमले सन्चालन गर्नु भएको थियो ।

शिविरमा विध्यालयमा अध्यायनरत विध्यार्थि , शिक्षक, अभिभावक लगायत स्थानियको उपीथती रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here