विवाहमा गएकी युवतीमाथि सामूहिक बलात्कार

0
378

कञ्चनपुर,  फागुन  ४ ।  पुनर्वास नगरपालिकामा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

पुनर्वास नगरपालिका वडा नं – ५ उध्री की २० वर्षीया एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको हो ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरबहादुर खड्काले दिनुभएको जानकारीअनुसार हिजो राति स्थानीयवासीको विवाह चलिरहेका बेला सात÷आठजना युवकको समूहले ती युवतीलाई नजिकैको उखुबारीमा लगेर सामूहिक बलात्कार गरेका हुन् ।

पीडित युवतीको अचेत अवस्थामा कैलालीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न मुख्य अभियुक्त गोविन्द रानासहित पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

हिजोराति घटना घटेको भए पनि प्रहरीले आज बिहान मात्रै थाहा पाएको थियो । घटनास्थल उखुबारीमा धेरै उखु भाँचिएकाले बलात्कारमा धेरै मानिस संलग्न हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here