पाथीभरामा चैत्र ११ मा भण्डरा हुने

७ चैत्र २०७९, मंगलवार मा प्रकाशित

गणेश अर्याल,इलाम ।

इलामको पाथीभरा मन्दिरमा भण्डरा हुने भएको छ ।

चैत्र दशैको सन्दर्भ पारेर झापाका ब्यपारीहरुको समुह पाथीभरा भण्डरा समिति बिर्तामोडले प्रसाद बितरण कार्यक्रम आयोजना गर्न लागेको हो । हरेक बर्ष असोज शुक्ल पक्ष र चैत्र शुक्ल पक्षमा यो भण्डरा आयोजना हुदै आएको र यस बर्ष चैत्र ११ गते शनिबार मन्दिर परिसरमा हुने आयोजक समितिका सदस्य सन्तोष अग्रवालले बताउनु भयो ।

ब्यापरी समुहले आम्दानीको केही हिस्सा संकलन गरेर सामाजिक क्षेत्रमा लगाउने गरेको छ । बिगत ७ बर्ष अघि बाट लगातार सञ्चालन हुदै आएको यो कार्यक्रम कोरनाकालमा भने सामान्य रुपमा प्रसाद मात्र बितरण गरेर आयोजना गरिएको सदस्य अग्रवालले बताए ।

आयोजकले यस अघि पाथीभरा मन्दिर भएको अग्लो डाँडामा स्वस्छ खानेपानीको ब्यवस्था मिलाएको जनाइएको छ । सआठ बर्षको अवधिमा यो समेत गरी जम्मा १६ पटक भण्डरा सञ्चालन हुने र यसलाइ निरन्तरता दिने आयोजक समितिका सदस्य अग्रवालले बताउनु भएको छ । पाथीभरा मन्दिरमा पानी पु¥याउने कार्यको सिलसिलामा झापाका उद्यागी ब्यपारीहरुले सहयोग गरेका थिए ।

कुटिडाँडा स्थीत मार्से खोला मुहान बाट बिद्युतीय मोटरको सहायतामा मन्दिर क्षेत्रमा पानी पु¥याइएको थियो । त्यस क्रममा पाथीभरा भण्डरा समुहले सहयोग गरेको पाथीभरा क्षेत्र बिकास कोष का पूर्व अध्यक्ष दौलथकुमार राईले बताउनु भयो ।

हालै पाथीभरा मन्दिर रोङ गाउपालिका मातहतमा सञ्चालन हुने गरी ब्यवस्थापन जिम्मा लिएपछि मन्दिरको आम्दानी गाउपालिकाको खातामा जम्मा हुन थालेको छ । गाउपालिका सग समन्वय गरेर पाथीभरा मन्दिरको गुरु योजना अनुसार थप सहयोग गर्दैै जाने पाथीभरा भण्डरा समितिले योजना बनाएको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here