‘समयको पालना नगर्नु पनि भ्रष्टाचार’–उपसभामुख राना

0
124

अर्जुनधारा ।

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले समयको पालना नगर्नु पनि भ्रष्टाचार भएको बताइन् ।

झापाको अर्जुनधारा–४ भाङबारीस्थित विन्ध्यावासिनी सिंहदेवी मन्दिरमा शुक्रबार आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपसभामुख रानाले सो कुरा बताएकी हुन् ।

त्यसैगरी उनले धार्मिक तीर्थस्थलहरुलगायतका अन्य सार्वजनिक स्थलहरु ज्येष्ठ नागरिक एवम् बालबालिकामैत्री हुनुपर्नेमा जोड दिइन् ।

राम नवमीका अवसरमा आयोजित उक्त महायज्ञको उद्देश्य मन्दिर परिसरमा राधाकृष्ण मन्दिर निर्माण, विपन्न नागरिकहरुको शिक्षा र स्वास्थ्यको लागि स्थापना गरिएको अक्षयकोषको निरन्तरता, मन्दिरलाई आवश्यक भूमिदानको निरन्तरतासँगै मन्दिरको विकास गर्ने रहेको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा महायज्ञका प्रमुख वाचक राधिका दासी, नगर कार्यपालिका सदस्य अम्बरबहादुर कटुवाललगायतले मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा सामाजिक व्यक्तित्व देविका बुढाथोकीले एक लाख एघार हजार एक सय ११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्दै दानपेटिकाको उद्घाटन गरेकी थिइन् ।

अध्यक्ष जोशीले मन्दिरको पृष्ठभूमि, वर्तमान अवस्था र भावी रणनीतिबारे जानकारी गराएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रेमबहादुर कार्कीले र सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

महायज्ञ उद्घाटन अघि कलश यात्रासहितको ¥यालीले त्यस क्षेत्रको विभिन्न स्थानहरुको परिक्रमा गरेको थियो । ¥यालीमा महिला चेतना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, अर्जुनधारा माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी, ब्राइट बिग्निङ एकाडेमीका शिक्षक तथा विद्यार्थीहरुलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here