फेरि पनि

0
131

सदैव छु
असंख्य तिम्रा प्रहारहरू
र त अहिलेसम्म
सहन सक्ने
क्षमता राखेको छु… शान्त !

विष्फोट त
बम पो हुन्छ
म त मान्छे हुँ
र,
आँखा छन् मसँग
आँखामा त केवल
आँशु नै हुन्छ
हो…
तिमी जस्तै निरन्तर
म पनि दन्केको छु निरन्तर
दन्दनी भित्र–भित्रै

तर, आँखामा
सूर्य नै पसे पनि
ज्वाला निस्कँदो रहेनछ
फेरि पनि
आँशु नै बग्दोरहेछ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here