अध्यक्ष राई अनुगमन र निरीक्षणमा व्यास्त

0
125

कमल ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई यतिबेला गाउँपालिका बाट चालु आर्थिक वर्षमा सन्चालन गरिएका योजनाको अनुगमन र निरीक्षणमा व्यास्तहुनुहुन्छ ।

गाउँपालिकाबाट चालु आर्थिक वर्षमा सन्चालन गरिएका योजना समयमा पुरा हुन्छन्छन् कि हुदैन ? मापदण्ड अनुसार योजना सन्चालन भएका छन् कि छैनन् ? भनेर दैनिक रुपमा अनुगमन गर्ने गरेको अध्यक्षको सचिवालयले जनाएको छ ।

अनुगमन गर्ने क्रममा कमल गाउँपालिका २ क्याम्पा स्थित खानेपानी आयोजना , कमल ३ गोसखान लाईन स्थित वडा नम्वर ३ र ४ जोड्ने पक्कि पुल , केर्खा बाट उत्तर इलामको चुलाचुली गाउँपालिकाको अर्नाखाडी जाने सडकमा पर्ने कल्वर्डको अध्यक्ष राई सहित सम्बन्धित वडाका वडा अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, लेखा अधिकृत सृजना राई र,सम्बन्धित योजनाका उपभोक्ता समितीका प्रतिनिधीका सागमा टोलिले अनुगमन गरेको सचिवालयले जनाएको छ ।

त्यसैगरी वडा नम्वर ३ केर्खामा पर्ने गुरुङ्ग टोल भलायोडाडाँ सडकको कालो पत्रे, ३ नम्वर वाड कार्यालयको निर्माणाधिन भवन त्यसैगरी २ नम्वर वडा स्थित क्याम्पा चौक बाट शिवालय मन्दिर हुदै ज्योतिनगर जाने कल्भर्ट निर्माण र वडा नम्वर ५ स्थित मंगलमय माध्यमिक बिधालयको निर्माणाधिन भवन , पाडाजुगी गौरिगंञ्ज सडक ,लोकसेवा तयारी कक्षाको तालिम र मोवाईल बनाउने तालिमको अनुगमन गरिएको हो ।

अनुगमन टोलिने निर्माणाधिन अवस्थामा रहेका योजना संग सम्बन्धि ठेकदारलाई आयोजनाको सम्झौता सिमा भित्र रहेर मापदण्ड अनुसार कार्य गर्न निर्देशन दिएको अध्यक्ष राईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here