घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट

१७ चैत्र २०७९, शुक्रबार मा प्रकाशित

झापा,
घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अनलाइन प्रणालीबाट सेवा प्रवाह सुरु गरेको छ ।

कार्यालय परिसरमा आज आयोजिक एक कार्यक्रमका बीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कार्यालयको उद्योग तथा वाणिज्य प्रशासन प्रणाली ९आसिएएस०को शुभारम्भ गर्नुभयो ।

अनलाइनको मध्यमबाट सेवा प्रवाह छिटो–छरितो र सुशासन कायम गर्न झापाबाट उद्योग तथा वाणिज्य प्रशासन प्रणालीको सुरुआत गरिएको मन्त्री सिटौलाको भनाइ छ ।

“आजदेखि झापाबाट यो सेवा सुरुआत गरेका छौँ”, उहाँले भन्नुभयो, “अब क्रमशः प्रदेशभरि अनलाइन प्रणाली सञ्चालन हुनेछ ।”

अब कार्यालयद्वारा प्रदान गरिने नयाँ दर्ता, नवीकरण, प्रतिलिपि, नाम सच्याउनेलगायतका उद्योग तथा वाणिज्यसम्बन्धी सबै सेवा अनलाइनबाटै हुने कार्यालयका निमित्त कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । राजस्व बुझाउन कार्यालयमै जानुपर्ने छ । राजस्वलाई पनि चाँडै अनलाइनबाटै गर्ने व्यवस्था हुने उहाँको भनाइ छ ।

घरेलु तथा साना उद्योग कार्यालयको सेवाप्रवाह छिटो–छरितो र प्रभावकारी बनाउन उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कोशी प्रदेशले आसीएएस प्रणालीको विकास गरेको हो, कार्यालयका कर्मचारी चन्द्र पौडेलले बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य पूर्णसिंह राजवंशी, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक रामकृष्ण श्रेष्ठलगायतले सरकारी सेवालाई चुस्त–दुरुस्त र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here