प्रतिबन्धति लागूऔषध अफिमसहित पक्राउ

0
106

संखुवासभा।

संखुवासभाको खाँदबारी नगरपालिका–२ बाट प्रतिबन्धित अफिम सहित एक जना पक्राउ परेका छन् ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खाँदबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासीको क्रममा खाँदबारी–२ का ६७ बर्षीय गोपाल भट्टराईले साथमा बोकेको तथा घरमा लुकाई राखेको २७ ग्राम ६८ मिलिग्राम अफिम बरामद गरेको हो ।

प्रतिबन्धित अफिम सहित पक्राउ परेका भट्टराईको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here