नेराशिसंद्वारा सम्मान तथा शुभकामना

0
245

संगीता उप्रेती,
सुरुङ्गा ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कनकाई नगर समितिको आयोजनामा ४४ औं शिक्षक दिवसको अवसरमा बधाई, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कनकाई नगर समिति अध्यक्ष गोपीकृष्ण भट्टराईको अध्यक्षता र सङ्गठनका कोशी प्रदेश समितिका पूर्व अध्यक्ष एवम् हाल केन्द्रीय सदस्य बुद्धिमान कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हालै सम्पन्न शिक्षक सेवा आयोगको परीक्षाबाट प्राथमिक तहमा स्थायी नियुक्ति पाएका शिक्षकहरू किशोर महत, कञ्चन थपलिया, उमा राई, कृष्णा घिमिरे, सीता रेग्मी र राधिका ढकाललाई स्वागत तथा सम्मान गरिएको थियो ।

त्यसैगरी, २०७९ सालमा अन्यत्रबाट सरुवा भई कनकाई नगरका विद्यालयमा आएका शिक्षकहरूलाई पनि स्वागतसम्मान गरिएको थियोे । सो अवसरमा कन्काई मा वि सुरुङ्गाका शिक्षक प्रवीण सिटौला, भगवती आधारभूत विद्यालय चप्रामारीका प्रधानाध्यापक खड्गप्रसाद बिमली, जनचेतना आधारभूत विद्यालयका बाल शिक्षक मीना कार्की र भृकुटी मावि दुर्गापुरका विद्यालय कर्मचारी नरेन्द्रकुमार खवासलाई नेराशिसंको सङ्गठन विस्तारमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै कदरपत्रद्वारा सम्मान गरिएको थियोे ।

सम्मानित व्यक्तित्व राधिका ढकाल, प्रअ खड्गप्रसाद बिमली, शिक्षक हित साकोस सञ्चालक समिति सदस्य हरिप्रसाद तिम्सिना, चम्पापुर माविका प्रअ विष्णुप्रसाद कोइराला, जिल्ला सदस्य चन्द्रविनोद कोइराला लगायतले नयाँ वर्ष २०८० को शुभकामनासहित मन्तव्य राखेका थिए ।

कार्यक्रममा कन्काई माविका प्रअ कर्णबहादुर डाँगी, सहायक प्रअ तीर्थराज खरेल, सरस्वती मावि जामुनाबारीका प्रअ नारायण अधिकारी,सङ्गठनका महाधिवेशन प्रतिनिधि मन्दिरा सुवेदी, नेपाल विद्यालय कर्मचारी परिषद् पूर्व केन्द्रीय सदस्य गोकुल खनाल लगायतको आतिथ्य रहेको थियोे ।

कनकाई नगरभित्र कार्यरत मध्ये २७ आजीवन सदस्य र ११७ साधारण सदस्य गरी जम्मा १४४ जना शिक्षकहरू नेराशिसंमा आबद्ध रहेको नगर कोषाध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए । नगर समिति उपाध्यक्ष ज्ञानबहादुर रायमाझीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नगर सचिव चन्द्रप्रसाद पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here