पथरीशनिश्चरे ८ मा जग्गाको निस्सा वितरण

0
103

पथरीशनिशचरे, मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा वडा कार्यालयको आयोजनामा जनतालाई जग्गाको धनिपुर्जा वितरण गर्न पहिलो चरणमा निस्सा वितरण गरेको छ ।
आज आइतबार भुमिहीन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीको पहिचान गरी लगत संकलनका आधारमा निस्सा वितरण गरिएको हो ।
वडा नं ८का वडाध्यक्ष नवीन कार्कीले वैशाख महिना भित्र नापी गर्ने काम सुरुवात हुने र जतिसक्दो चाँडो सुकुम्बासी समस्या समाधान गर्न आफूहरु अर्जुनदृष्टि लगाएर लागि परेको बताउनुभएको छ ।
राष्ट्रिय भूमि आयोग मोरङ जिल्ला अध्यक्ष सुशिला घिमिरेले पथरीशनिश्चरेमा वडा नं. ८ ले सबै प्रक्रियाहरु पूरा गरेर फाइल पठाइ सकेको हुँदा अब छिट्टै नै नापी गर्ने र जनतालाई लालपुर्जा वितरण गर्ने बताउनुभएको छ ।
वडा भित्रको करिब ९ सय बिगाहा क्षेत्रको निस्सा वितरण गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय भूमी आयोग मोरङ अध्यक्ष सुसिला घिमिरे, नगर उपप्रमुख देविमाया काफ्ले, वडा सदस्यहरू बाबुराम चौधरी, झमकबहादुर लिम्बु, शान्ता योङ्हाङ, शिवकुमारी बि.क. लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here