राजस्थान मार्वल एण्ड टायल्स सो रुपमा बिर्तामोडमा

0
175

झापा, झापाको बिर्तामोड १ मा राजस्थान मार्वल एण्ड टायल्स सञ्चालनमा आएको छ ।
झापा सहित पूर्वका सेवाग्राहीलाई लक्षित गर्दै मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङमा सहज रुपमा राजस्थान मार्वल एण्ड टायल्स उपलब्ध गराउने बताइएको छ ।
इटहरीमा मुख्य कार्यालय रहेको राजस्थान मार्वल एण्ड टायल्सको बिर्तामोडमा शाखाका रुपमा सञ्चालनमा ल्याइएको शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेलले गरेका हुन् ।
बलदेव चौधरी , अंकित चौधरी सहित केही युवाले संयुक्त रुपमा सञ्चालनमा ल्याएको राजस्थान मार्वल एण्ड टायल्स सो रुपमा उच्च स्तरीय ग्रे नाइट, मार्वल, टायल्स,सेनेटरी एवम् वाथरुम फिटिङका सम्पूर्ण सामग्री एकै ठाउँमा उपलब्ध हुने जनाइएको छ ।
खुद्राका रुपमा घरायसी, अफिसियल, थोक विक्रीका रुपमा ठूला सुपर मार्केट, अपाटमेण्ट उद्योग , व्यापारिक फर्महरुलाई सरल र सहज तथा सर्वसुलभ रुपमा तुरुन्त सामग्री दिन सकिने गरी शाखा सञ्चालनमा ल्याइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here