नारी संकल्पको लैङ्गिक हिंसा विरुद्ध सचेतान

0
76

झापा ।

नारी संकल्प बिर्तामोडले लैङ्गिक हिंसा विरुद्ध सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्साद संग्रौलाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो ।

नारी संङकल्प संस्थाकी अध्यक्ष तुलसा मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा लता खरेलले प्रशिक्षण दिएकी थिइन् ।

१५ वटा संघ संस्थाका पदाधिकारी सहभागी भएको कार्यक्रममा महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बा, नेपाल उद्यमशीलता महिला संघ कि अध्यक्ष पार्वता विमली, मोहन ढकाल, सुरेन्द्र नेपाल, लगायतको आथित्यता रहेको थियो ।

संस्थाकी उपाध्यक्ष तीलरुपा श्रेष्ठले स्वागत गरेको कार्यक्रममा ६० जनाले प्रशिक्षण लिएका थिए । संस्थाकी सह सचिव खेमा पराजुलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन आशा वानियाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here