नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका थप एक जना पक्राउ

0
86

छविराज ढकाल/ पथरीशनिश्चरे,

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने गिरोहका थप एक सदस्य पक्राउ परेका छन् ।

बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाङका ३४ वर्षीय सन्देश शर्मालाई काठमाडौंबाट पक्राउ गरेको हो । गत जेठमै नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी फरार थिए ।

फरार रहेकै अवस्थामा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनीसहितका आरोपीविरुद्ध पक्राउ पुर्जी लिएको थियो । करिब १० महिनापछि उनी पक्राउ परेका हुन् ।

गिरोहका अन्य चार सदस्य केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारी यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here