शुभताराको सांस्कृतिक कार्यक्रम एवम् अभिभावक दिवस सम्पन्न

0
116

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० बुद्धचोकस्थित शुभतारा एजुकेशन फाउण्डेशनको १४औं सांस्कृतिक कार्यक्रम एवम् अभिभावक दिवस–२०७९ बुधबार विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल हुमागाईंको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष भूपेन्द्र न्यौपानेले उद्घाटन गरेका थिए ।

विद्यालयकी सहायक प्रधानाध्यापक माया बुढाथोकीले स्वागत गरेको कार्यक्रममा विद्यार्थीहरुले रायम्स, गीत, नृत्य, कविता वाचन, फेसन सो आदि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) अर्जुनधाराका अध्यक्ष रुद्र सिटौला, कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, कालिस्थान बौद्ध गुम्बाका अध्यक्ष सन्तबहादुर गोम्देन, सामाजिक अगुवा अर्जुन मेचेलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक प्रधानाध्यापक कुमार रायाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here