अभिभावकको रोजाइमा एम्स

0
139

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)मा आवद्ध अर्जुनधारामा –३० वटा विद्यालय रहेका छन् । जसमध्ये अर्जुनधारा नगरपालिका–८मा टिकाराम गौतम (टीआर)ले सञ्चालन गरेको एम्स एकाडेमी पनि एक हो । जुन विद्यालय नगरकै उत्कृष्ट विद्यालयका रुपमा परिचित छ ।

त्यसो त अर्जुनधारा नगरपालिकामा सञ्चालित अन्य निजी विद्यालयले पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएता पनि अभिभावकको रोजाईमा एम्स एकाडेमी रहेको पाइएको छ । समय सापेक्ष र प्रविधिमैत्री शिक्षण सिकाइसंगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागिता जनाउने यो विद्यालयमा अध्ययरत् विद्यार्थीले रहेक वर्ष प्राप्त गर्ने शैक्षिक उपलब्धिलाई आधार मान्दै नगरपालिकाले समेत पटक–पटक पुरस्कृत गर्नुले पनि यो विद्यालयले आफैंमा राम्रो छवि बनाएको छ ।

२०५४ सालमा बनियानीमा स्थापित यो विद्यालयलाई स्थानान्तरण गर्दै २०७२ सालबाट अर्जुनधारा–८मा गौतमले सञ्चालनमा ल्याएका थिए । २०७३ सालबाट नै एसएलसी परीक्षामा विद्यार्थीलाई सहभागी गराएर नगरकै सर्वाेत्कृष्ट नतिजा ल्याउने विद्यालयका रुपमा आफूलाई उभ्याएपछि यो विद्यालयको चौतर्फी चर्चा शुरु भयो ।

शिक्षण सिकाई क्रियाकलावका लागि यो विद्यालयले दक्ष र तालिमप्राप्त जनशक्तिलाई प्रयोग गर्दै अधिकतम् राम्रो नतिजा दिन शुरु गरेसंगै अभिभावक र विद्यार्थीको ध्यान यही विद्यालयमा केन्द्रीत भयो । फलस्वरुप आजपर्यन्त यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या सात सयमाथि छ ।

एसईई परीक्षामा हरेक वर्ष यो विद्यालयमा अध्ययनरत् विद्यार्थीले राम्रो जीपीए ल्याएर उत्तीर्ण हुनु, विद्यालय, नगर तथा जिल्लास्तरमा आयोजना गरिने हरेक अतिरिक्त क्रियाकलापमा समेत एम्सले दर्बिलो उपस्थिति जनाउनु र यो विद्यालयबाट ‘पास आउट’ विद्यार्थीले समेत हरेक क्षेत्रमा उत्कृष्टता हासिल गर्नुले नगरमा मात्र नभई जिल्लाभर यो विद्यालयको चर्चा हुने गरेको छ ।

शैक्षिक गुणस्तर राम्रो भएकै कारण अर्जुनधारा नगरपालिका शिक्षा शाखाले २०७५, २०७६ देखि नै यो विद्यालयलाई उत्कृष्ट विद्यालयको रुपमा सूचिकृत गर्दै पुरस्कृत गर्दै आएको छ । कोरोना कालमा समेत प्रविधिमैत्री शिक्षण सिकाईकै कारण यस विद्यालयमा अध्ययनरत विद्यार्थीले राम्रो प्राप्ताङ्क ल्याउन सफल भएका कारण यो विद्यालय अभिभावकको रोजाईमा परेको बताइन्छ ।

विद्यालयमा विद्यार्थीलाई शिक्षण सिकाई मात्र नभई उनीहरुको व्यक्तित्व विकास (लिडरसिप)का लागि आयोजना गरिने विभिन्न कार्यक्रमले पनि यो विद्यालयमा अध्ययनरत् विद्यार्थीहरु अब्बल र सक्षम हुने गरेका छन् । कक्षा १०सम्म पठनपाठन हुने यो विद्यालयमा नर्सरीदेखि नै विद्यार्थीको भर्नादर उच्च छ ।

अभिभावकको राय बमोजिम नै विद्यालयको वार्षिक योजना तयार पार्ने यो विद्यालयले समय सापेक्ष, प्रविधिमैत्री, खोजमुलक शिक्षण विधि अपनाउँदै पठन पाठन गराउँदै आएको विद्यालयका संस्थापक गौतम बताउछन् । उनी भन्छन्– शिक्षण सिकाई क्रियाकलापका लागि हाम्रो विद्यालयले कुनै कुरामा कमी हुन दिएको छैन ।

नैतिक शिक्षा आजको आवश्यकता हो गौतमले भने – हामी हाम्रो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सबैभन्दा पहिला आचरण सिकाउँछौं, आचारण बिनाको विद्यार्थीलाई जतिसुकै राम्रो शिक्षा दिए पनि त्यसले व्यवहारमा लागू गर्न नसक्ने भएकाले हाम्रो पहिलो प्राथमिकता नै आचरण शिक्षा हो ।

विद्यार्थीलाई आचारण सिकाउनकै लागि प्रत्येक महिना एक विशिष्ट व्यक्तिको उपस्थितिमा उनीहरुलाई ‘मोटिभेसन’ गराउने काम हुन्छ । जसका कारण उनीहरुले केही नयाँ कुरा सिकिरहेका हुन्छन्– गौतमले भने ।

आगामी शैक्षिक सत्र २०८० शुरु हुनै लाग्दा यो विद्यालयले थप नयाँ योजना अघि सार्दै अभिभावकको ध्यानाकर्षण गराएको छ । आगामी शैक्षिक सत्रका लागि बैशाक ४ गतेबाट पठनपाठन शुरु गर्ने तयारी गरेको यो विद्यालयले कक्षा नर्सरी, एलकेजी र यूकेजीमा अध्ययनरत् विद्यार्थीका लागि व्यवहारिक पाठ्यक्रम तयार गरी पढाई, लेखाई तथा सिकाईका लागि पाठ्य पुस्तकको व्यवस्था गरेको छ ।

कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको मात्र पठन–पाठन गराउँदै अनावश्यक पुस्तकको बोझबाट विद्यार्थीलाई मुक्त गराउने योजना अघि सारेको छ । समय सान्दर्भिक तथा अन्तर्राष्ट्रिय मान्यता र परिवेश अनुरुप अनुकुल शिक्षण गराई विद्यालयको योजना रहेको बताइएको छ । बचेको दुई घण्टीमा विद्यार्थीबीच इङ्लिस कन्भरसेशन र इसीए लाई व्यवस्थित रुपमा विद्यालयले आफैं शिक्षण सामग्री तयार गरी पठनपाठन गराउने योजना अघि सारेको छ ।

विद्यालयमा निःशुल्क कम्प्युटर कक्षाको व्यवस्था, कम्प्युटर ल्याव व्यवस्थित गर्दै लाने र विद्यालयमा पूर्णकालीन खेल प्रशिक्षक नियुक्त गरी खेलकुद क्षेत्रमा विद्यार्थीको अभिरुची बढाउने योजना अघि सारेको छ । विद्यालयमा विद्यार्थीहरुलाई संगीतको विशेष कक्षा, उद्घोषण तालिम, विद्यार्थीको क्षमता विकासका लागि नयाँ नयाँ कार्यक्रम सञ्चालन गरिने विद्यालयको वार्षिक कार्यतालिकामा उल्लेख छ ।

त्यसो त यो विद्यालयमा अध्ययनरत कमजोज विद्यार्थीको पहिचान गरी जेठको पहिलो साताबाट अतिरिक्त कक्षा सञ्चालन गर्दै सिकाईलाई प्रभावकारी बनाउने तयारी गरिएको छ । विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउन मनोपरामर्शका कक्षा समेत सञ्चालन गरिने र आगामी शैक्षिक सत्रदेखि मार्सल आर्ट, (कराँते उसु)का कार्यक्रम लागू गर्दै विद्यार्थीको शारीरिक तथा मानसिक विकासका कार्यक्रम अघि बढाइएको छ ।

अमेरिका त्यागेर विद्यालयमा लगानी

टीकाराम गौतम (टिआर)

अर्जुनधारा–८ का टीकाराम गौतम जसलाई सन् २०१४ मा अमेरिकाका लागि डाइभर्सिटी भिसा (डीभी) प¥यो । त्यो पनि स–परिवारका लागि ।

तर, उनले अमेरिका जान चाहेनन् । कारण थियो– शिक्षाप्रतिको मोह । आफ्नै ठाउँमा शैक्षिक गुणस्तर सुधारका लागि केही गर्नुपर्छ भन्ने मान्यता बोकेका गौतमले अमेरिका त्यागेर एम्स एकाडेमीलाई मलजल गरे । अमेरिकाको डीभी पर्दा उनी एम्सको विद्यलय भवन बनाउँदै थिए । उनलाई डीभीभन्दा विद्यालयको भवन र विद्यार्थीको भविश्य प्यारो लाग्यो । फलस्वरुप पाएको अबसर गुमाएर आफ्नै ठाउँमा विद्यालय बनाउँदै यहाँका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन उनी कम्मर कसेर लागीपरे ।

हरेक मानिस अबसरको खोजीमा हुन्छन् । तर, टीआरले एउटा मात्रै अबसर त्यागेनन् उनले ०५७ सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा नाम निकाले पनि जागिरमा जोडिएनन् । २०५८ सालमा नायव सुब्बा पदमा पनि उनले नाम निकाले तर नासुको पदमा पनि उनले काम गरेनन् । गरे त आफ्नै घरबाट शिक्षण यात्रा ।

शिक्षासेवी स्व. मोहन जोसी र स्व. प्रकाश सुवेदीको प्रेरणाबाट शिक्षण पेशामा आबद्ध भएका उनी अहिले शैक्षिक अभियन्ताका रुपमा परिचित छन् । सामाजिक क्षेत्रमा समेत सक्रिय सहभागिता जनाउने उनी निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको उपाध्यक्ष हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का विभिन्न पदमा आवद्धता जनाउँदै लामो समयसम्म संस्थागत विद्यालयको हितमा काम गरेका उनले क्षेत्रीय संयोजक हुँदा नै आफ्नो नगरलाई उत्कृष्ट नगरका रुपमा स्थापित गरेका थिए । अहिले पनि निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)लाई नेपालकै उत्कृष्ट शाखा बनाउने कार्यमा अध्यक्षसहितका पदाधिकारीलाई एकजुट बनाएका छन् ।

भीमबहादुर र जानुका गौतमका जेठा छोरा हुन् टीकाराम । व्यवस्थापनमा स्नाकोत्तरसम्मको अध्ययन गरेका गौतम अर्जुनधारा जेसीजको पूर्वअध्यक्ष समेत हुन् । उनले आफ्नो कार्यकालमा नेपाल जेसीजबाट अर्जुनधारालाई सन् २०१९मा उत्कृष्ट शाखाको रुपमा पुरस्कृत समेत गराए । नेतृत्व र व्यक्तित्व विकासमा निरन्तर लागि पर्ने र आफूसंगै अरुलाई पनि संघसंगै हिँडाउने खुबी राख्ने उनी शैक्षिक अभियन्ताका रुपमा आफूलाई उभ्याउन चाहन्छन् । आफ्नै ठाउँमा गुणस्तरीय शिक्षा प्रदान गर्दै सबैको भविश्य उज्ज्वल बनाउने सपना गौतम धेरैका लागि प्रेरणाका श्रोत बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here