दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३५ औं जन्मजयन्ती मनाइयो

0
71

बिर्तामोड ।

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३५ औं जन्मजयन्ती मनाएको छ ।

नगर समितिले सोमवार (आज) बिर्तामोडमा कुलगुरु शंकराचार्यको तस्वीरमा फुलगुच्छा अर्पण गरेर जन्मजयन्ती मनाएको हो ।

सोही कार्यक्रमकाबिच नगर समितिका अध्यक्ष अर्जुन गिरीले नगर समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेका थिए ।

बैठक र समवेदना कार्यक्रममा सवैभन्दा धेरै उपस्थिति हुने नगरका बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद गिरी, समवेदना कार्यक्रममा सवैभन्दा धेरै उपस्थित हुने नगर सचिव उद्धव पुरी, नगर कोषाध्यक्ष खड्गराज गिरी र समितिको बैठकमा दोस्रो उपस्थितिका रुपमा नगर सदस्य घनश्याम गिरीलाई मायाको चिनोसहित नगर अध्यक्ष अर्जुनले ब्यक्तिगत रुपमा सम्मान गरेका थिए ।

नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाज कोशी प्रदेशका पूर्व अध्यक्ष तथा नगर सल्लाहकार चन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि गिरीले सम्बोधन गर्दै दशनामीहरुले एकताबद्ध हुनु पर्नेमा जोड दिए ।

स्वागत नगर बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद गिरीले गरेको कार्यक्रममा समाजसेबी आशिष बनले आफ्नो भनाई प्रस्तुत गरेका थिए । सोही कार्यक्रमले बनलाई नगरको सल्लाहकारमा समेत नियुक्त गरेको छ । कार्यक्रममा नेपाल दशनामी समाज कोशी प्रदेशकी उपाध्यक्ष शारदा गिरीको समेत बिशिष्ठ आतिथ्य रहेको थियो ।

कार्यक्रमअघि अघी नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष गोविन्दविक्रम गिरी, केन्द्रीय सदस्य एलबहादुर गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश) र मेचीनगर नगर सदस्य भक्तप्रसाद भर्तीलेले उपकुलपति शंकराचार्यलाई पालुगुच्चाको तस्बिर हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here