कानेपोखरीमा करेन्ट लागेर एक्को मृत्यु

0
114

पथरीशनिश्चरे,

मोरङको कानेपोखरिमा करेन्ट लागेर एक शारीरिक अपाङ्गता भएका व्यक्तिको बुधबार राति मृत्यु भएको छ ।

कानेपोखरी गाउँपालिका–२ ओझाका ४० वर्षीय भुटाई केभरातको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

राति करिब ८ः३० बजे घरमा करेन्ट लाग्दा केभरातको घटनास्थलमै मृत्यु भएको हो । विद्युतको नाङ्गो तारले अनुहार छुँदा करेन्ट लागेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

पोस्टमार्टमका लागि उर्लाबारी मङ्गलेस्थित मदन भण्डारी अस्पताल र ट्रमा सेन्टरमा पठाइएको स्थानीयले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here