अर्जुनधारामा विद्युतीय साक्षरता तालिम शुरु

0
125

अर्जुनधारा ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा अर्जुनधारा नगरपालिका सूचना प्रविधि शाखाले नगरका सामुदायिक विद्यालयहरुमा मंगलबारदेखि विद्युतीय साक्षरता तालिम सुरु गरेको छ ।

हाल चालु अवस्थामा रहेका विभिन्न प्रविधि बारे जानकारी र विद्युतीय प्रविधिको प्रयोगबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्नेसँगै नगरपालिकाले प्रवाह गर्ने विद्युतीय सेवाहरु बारे जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको शाखाका अधिकृत विनोद खनालले जानकारी दिए ।

नगरका नौ वटा माध्यमिक विद्यालयका कक्षा १०मा अध्धयनरत् विद्यार्थीहरुलाई लक्षित गरि शनिश्चरे माध्यमिक विद्यालयबाट सुरु भएको तालिम आइतबार सम्म सञ्चालन हुने बताइएको छ ।

प्रशिक्षकद्वय अधिकृत खनालसँगै कम्प्युटर महासंघ नेपाल झापा शाखाका सचिव लोकप्रिय खनालले सहजिकरण गर्ने तालिममा सहभागीहरुलाई साइबर सचेतना, सार्वजनिक सेवा प्रवाहमा आम जनताको पहुँच पु¥याउने विषय, अनलाइन कारोबारमार्फत् कर तथा राजश्व सम्बन्धी सेवा प्रवाहको विषयमा सहजिकरण गरिने छ ।

सो तालिममा कम्प्युटर महासंघ नेपाल झापा शाखा र आईआईएचटीको प्राविधिक सहयोग रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here