बिर्तामोडमा सामाजिक विकास मन्त्रालयसंग इक्यान झापाको अभिमुखीकरण

१९ बैशाख २०८०, मंगलवार मा प्रकाशित

बिर्तामोड ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल शैक्षिक परामर्श संघ(इक्यान) झापाको समन्व्यमा एक दिने अभिमुखीकरण कार्यक्रम हुने भएको छ ।

प्रदेश सरकारको आयोजनामा शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको इक्यान झापाले बिर्ताामोडमा बुधबार अभिमुखीकरण कार्यक्रम गर्न लागेको इक्यान झापाका अध्यक्ष मिलन ओलीले जानकारी दिए ।

भाषा तयारी कक्षा तथा ब्रिज कोर्ष तयारी गराउने संस्था तथा कन्सल्टेन्सीहरुले कार्यक्रममा सहभागिता जनाउन सक्ने बताइएको छ । अभिमुखीकरण कार्यक्रममा भााषा तयारी कक्षा तथा ब्रिज कोर्ष गराउने संस्थाहरुले प्रदेशमा गर्नु पर्ने दर्ता प्रक्रिया,सञ्चालन कार्यविधि, कानुनी प्रक्रिया लगायतका विषयमा अभिमुखीकरण गरिने अध्यक्ष ओलीको भनाई छ ।

प्रदेशमा शैक्षिक संस्था दर्ता, कानुनी प्रक्रिया तथा कन्सल्टेन्सीहरुका समास्या र समाधानका लागि प्रदेश सरकारले गर्ने समन्व्यका विषयमा सुझाव संकलनसंगै संघिय सरकारलाई यस विषयमा जानकारी गराइने उद्धेश्यका साथ प्रदेश सरकारले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here