नक्कली नोटसहित मानिस पक्राउ

0
73

सुनसरी।

सुनसरीको ईटहरी उप–महानगरपालिका १ आपगाछीमा लागेको सिरुवा मेलाबाट नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको गढी गाउँपालिका २ घर भएका बर्ष ३८ को जमिल खातुनले मेलामा जेरी किनेर एक हजार रुपैंया तिर्दा पसलको मानिसले नक्कली पैसा दिएको शंका लागेर मेलामा डिउटी खटिएको प्रहरी टोलीलाई जानकारी गराएका थिए ।

घटना बारेमा जानकारी पाउनासाथ प्रहरीले नियन्त्रणमा लिएको खातुनको साथबाट एक हजार को ६ थान र पाँच सयको २२ थान नक्कली नोट बरामद गरेको छ भने घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here