लागूऔषधसहित चार जना पक्राउ

0
48

बिराटनगर।

कोशी प्रदेशको–२ छुट्टा छुट्टै स्थानहरुबाट लागूऔषध सहित चार जना पक्राउ परेका छन् ।

झापाको चन्द्रगढी बिमानस्थलबाट दुई जनालाई प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको थियो ।

बुद्ध एयरको बिमान द्वारा काठमाण्डौ जान लागेका झापा मेचीनगर घर भएकी वर्षीया २१ की सोनी श्रेष्ठ राजवंशी र उनको दिदी वर्षीया २३ की संध्या श्रेष्ठलाई बडी सर्चको क्रममा उक्त परिणामको लागूऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी सुनसरीको धरान–११ का स्थानीय २३ बर्षीय काला निरज भनिने युवराज लिम्बुलाई लागूऔषध ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । लिम्बूको साथबाट प्रहरीले ३८० ट्याव्लेट ट्रामाडोल, स्पास्पेन १००० ट्याव्लेट, ३ थान खुक्कुरी र १ थान तरवार सहित पक्राउ गरेको हो भने धरान–१६ का २३ बर्षीय निशान राईलाई ट्रामाडोल ८९ ट्याव्लेट र स्पास्पेन ९० ट्याव्लेट सहित नियन्त्रणमा लिएको हो ।

लागूऔषध सहित पक्रउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here