हरेक घरको कहानी : आमाको त्याग, पिताको संघर्ष

२४ बैशाख २०८०, आईतवार मा प्रकाशित

हाम्रो नेपाली समाजमा छोरीलाई आप्mनो कुरा र समस्या सुनाउन जति सजिलो आमालाई हुन्छ, त्यति बुवालाई हुँदैन । विगत र वर्तमानबारे आमासँग धेरै कुरा गरिन्छ, तर बुवालाई खुलस्तसँग भन्ने आँट आउँदैन । यो एउटा भोगाई ब्लग मार्पmत लेख्ने कोशिस गरेको छु । जीवनमरणको अवस्थामा रहेका एक पिताले छोरीहरुका लागि गरेको त्यागबारे कहिल्यै खुलस्त रुपमा भन्ने आँट गर्न सकिँदैन रहेछ । बोलेर व्यक्त गर्र्न नसकिने कुरा लेखेर भने व्यक्त गर्न सकिँदोरहेछ । अहिले हात–हातमा मोबाइल, सामाजिक सञ्जाल र पत्रपत्रिका भएको फाइदा पनि यही हो ।

सबैको बाल्यकाल र जीवनमा एउटा न एउटा स्मृति हुन्छ । कसैको सुखको भोगाइ होला त कसैको दुःख र समस्या आ–आप्mनै ठाउँमा हुन्छन् । मानसपटलमा बाल्यकाल विरलै घटनाहरु याद हुन्छन् रे । मेरो डेडीको स्वभावैले कम बोल्ने । घरभित्र एउटा अनुशासनमा बस्नुपर्ने भएकाले उहाँसँग हामी छोरीहरु घुलमिल हुन पाएनौं । डेडीसँगको बाल्यकालको याद हामीसँग खासै छैन । छ त केवल उहाँको अस्पताल बसाई र संघर्षको जीवन । हामीलाई डेडीले गणितका समिकरणहरु हल गर्न लगाउन प्रेरित गर्नेदेखि लिएर घरवरिपरिका स–साना कामहरु हाम्रो क्षमता वृद्धि होस् भनेर सिकाइदिनुहुन्थ्यो । घरमा कार्टुन हेर्न मनाही थियो । टिभी हेर्दा समाचार र जानकारीमूलक कार्यक्रम मात्रै हेर्न पाइन्थ्यो । कहिले डेडी बाहिर जानुहुन्छ र लुकेर कार्टुन हेर्न पाइन्छ भनेर हामी दिदीबहिनीको सोच हुन्थ्यो । ती याद अभैm झलझली आउँछ ।

समय आप्mनो गतिमा बढ्दै थियो । एकदिन म र मेरी दिदी विद्यालयबाट फर्केर आउँदा घर सुनसान थियो । हजुरआमा मात्रै हुनुहुन्थ्यो । हजुरआमालाई डेडी÷ममी खोई भनेर सोध्दा उहाँले– ‘तेरो डेडी अस्पतालमा छ, दुई–चार दिन घर आउँदैन ।’ त्यो वाक्यले हामी निकै नै खुशी भयौं कारण थियो– कार्टुन हेर्न पाइने आश । चार दिनको अस्पताल बसाईपछि डेडीको स्वास्थ्य अवस्था निकै नै बिग्रिएको रहेछ । थप उपचारका लागि भद्रपुर अस्पतालबाट उहाँलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि पठाइएको रहेछ । त्यहीबेला वीपीमा चिकित्सकहरुको हड्ताल रहेछ । तत्कालै शल्यक्रिया हुन सकेन । अवस्था निकौ नै बिग्रिएका कारणले अस्पतालसँग हारगुहार गरेपछि उहाँको उपचारका लागि अपरेशन थिएटरमा लगिएको रहेछ । सामान्य ग्याष्ट्रिक भनेर अस्पताल भर्ना हुनु भएको डेडीको एपेन्डिसाइट ब्रस्ट भएर शरीरभरी संक्रमण पैmलिइसकेको रहेछ । डेडीको उपचारका लागि ममी र काका पनि जानु भएको थियो । डाक्टरहरुले अवस्था अत्यन्तै नाजुक छ भनेपछि धेरै नै तनावपूर्ण अवस्थाबाट हाम्रो परिवार गुज्रियो । कहिले आईसियू, कहिले वार्ड, कहिले इमरजेन्सी भन्दै अस्पतालका भुइँमा मेरी आमा र काकाले महिनौं दिन त्यसरी अस्पतालमा बिताउनु भयो । डेडीको होस् आएन, अवस्था झन्–झन् बिग्रने क्रममा थियो ।

घरमा अबोध दुई छोरीलाई छाडेर ममी र काका डेडीलाई लिएर अस्पतालमा जानु भएको थियो । हामी दिदीबहिनीलाई डेडीलाई के भएको हो भन्ने थाह थिएन । घरमा कोही नहुँदा हामीले धेरै नै दुःख भोगिसकेका थियौं । कक्षा ६ मा पढ्ने मेरी दिदीलाई आपूmभन्दा १६ महिनाले कान्छी (म) बहिनीलाई हेर्ने जिम्मेवारी आइप¥यो । दिदीले आपूm तयार हुने र मलाई पनि स्कूल जान तयार पार्नुपर्ने बाध्यता आइप¥यो । उसले आप्mनो कर्तव्य निकै राम्रोसँग निभाइन् । चाहे स्कूल जाने लुगा आइरन गरिदिने होस् या त लुगा धोइ दिने । कक्षा ६ मा पढ्ने मेरी दिदीले मेरो सबै स्याहारसुसार गरिन् । दुई चुल्ठी बाट्न नजानेर ब्वाइज कट कपाल काटेर स्कूल गयौं । कयौं रात बिस्कुट खाएर सुत्यौं । ती सबै अवस्थाहरु अभैm पनि मानसपटलमा छन् ।

डेडीको अवस्था बिग्रन थालेपछि उहाँलाई हेर्न जानेको घुइँचो थियो । एउटा जमात उहाँलाई सहयोग गर्न नै खटिएको थियो । अस्पतालले नै आश मारिसकेपछि घरको ल्यान्डलाइनमा धेरै घन्टीहरु बज्थे । सबैले हामीलाई ‘नानी टेन्सन नलिनु । काका हुनुहुन्छ है, हामी पनि छौं –भन्नुहुन्थ्यो । दिदी र म त्यो बेला केही बुभ्mदैनौं थियौं– ‘हुन्छ’ भनेर हामी फोन राखिदिन्थौं । ममी कहिलेकाही घर आउनुहुन्थ्यो । रातभरी नसुति भोलिपल्ट बिहान हुनासाथ अस्पताल पुग्नुहुन्थ्यो । जीवनमरण अवस्थामा रहेको आप्mनो श्रीमानको ढुकढुकी हेर्नका लागि मेरी आमा रातभरी अस्पतालको भुइँमा सुतेर सबेरै डेडी राखिएको आईसीयूमा पुग्नुहुन्थ्यो रे ।

करिब दुई वर्षपछि डेडीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको खबर आयो । कहिल्यै हार नमानेकी मेरी आमाको खुशीको सीमा थिएन । डेडीलाई वार्डमा सिप्mट गरियो । उहाँले हामीलाई भेट्ने इच्छा राख्नुभएको रहेछ । घरबाट काकीसँग हामी दुई दिदीबहिनी धरान करिब तीन घन्टाको यात्रापछि पुग्यौं । डेडीलाई बिरामी हालतमा देख्यौं । ड्रेसिङको समय थियो । पेट वरिपरि पुरै चिरेको अवस्थाको घाउ थियो । शरीरको भित्री अंग चिरेको भागबाट प्रस्टै देखिन्थ्यो । एक किसिमको डर थियो । त्यो बेला म कक्षा ६ पुगेको थिएँ । दिदी कक्षा ८ मा पगेकी थिइन् । हामीले डेडीलाई मजाले हे¥यौं अनि उहाँले राम्रो पढ्नु भन्नुभयो । ममीलाई दुःख नदिनु है भन्ने उहाँको भनाइ झलझली आउँछ । डेडीले सायद त्यो बेला बाँच्ने आश मारिसक्नुभएको थियो ।

डाक्टरले थोरै बोल्नु अनि अरु प्रोटोकल फलो गर्नु भन्दै उहाँलाई घर ल्याइएको थियो । स्वास्थ्यमा सामान्य सुधारको संकेत देखिएको थियो । एकदिन अचानक फेरि उहाँको स्वास्थ्य अवस्था बिग्रियो । हतार–हतार डाक्टरलाई फोन ग¥यौं । काठमाडौंको टिचिङ अस्पताल लैजान सुझाव दिनुभयो । त्यसपछि कहिले टिचिङ कहिले नर्भिक अस्पताल अनि कहिले धरान गरेर तीन–चार वर्ष बित्यो । डेडीलाई खास के रोग लागेको हो भन्ने डाक्टरले पत्ता लगाउन सकेन । एक–दुई वटा अस्पतालले त क्यान्सरको लास्ट स्टेज हो आप्mनो इच्छा पूरा गर्नुस् भनेर बिदा पनि दियो ।

सबै अस्पतालबाट हार खाएर डेडीलाई घर लैजाने तरखरमा ममी हुनुहुन्थ्यो । काठमाडौंबाट घर आउन टिकट काट्नु भएको थियो । सोही दिन डेडीको साथीको घरमा बस्नु भएको थियो । उहाँले अब मेरो लास्ट हो यो भनेर सबैसँग तास खेलेर रमाइलो गर्नुभएको थियो । यो कहानी म काठमाडौं पढ्न आउँदा उहाँको एकजना साथीले सुनाउनु भएको थियो । निकैबेर गफगाफपछि डेडीलाई अन्तिम पटक भारतको भेल्लोर लैजाने सल्लाह उहाँहरु मध्ये कसैले दियो ।

हरेश नखाने स्वभाव मेरी आमाले आँट गर्नुभयो । यत्रो त गरे अब एकपटक किन भारतमा गएर नदेखाउने भन्ने भएर भारत लैजान आँट गर्नुभयो । उहाँले पराई देशमा आपूmले भाषा नजानेको ठाउँमा जान तयार हुनुभयो । बिरामी श्रीमानलाई लगेर ममी सिएमसि (क्रिस्टियन मेडिकल कलेज) जानु भयो । सबै नौलो अनि नाजुक अवस्थामा रहेको श्रीमानलाई लिएर जाँदा उहाँको मन निकै डराए पनि उहाले आप्mनो अनुहारमा कहिल्यै त्यो झल्को आउन दिनु भएन ।

भेल्लोर पुगेको भोलिपल्ट डेडीको अवस्था अचानक खराब भएको रे । नेपालीको मद्दतले उहाँलाई तुरुन्तै अस्पतालमा लगेर एड्मिट गरियो । सिएमसि अस्पतालमा चाहिँ एपोइन्मेन्ट लिन निकै दिन कुर्नुपर्दोरहेछ । एपोइन्टमेन्ट नभएको कारण डाक्टरले हेर्न मानेको थिएन रे । निकैबेरको आग्रह र बिरामीको अवस्था देखेर एकजना डाक्टरले प्रोसिडर शुरु गर्नुभयो । उहाँलाई एउटा मेडिसन पनि रिकमेन्ड गरेको थिएन । क्यान्सरको लास्ट स्टेज भनेर बिदा दिएको नेपालको अस्पतालले भेल्लोरमा करिब सात दिनको अब्जर्भेसन र टेस्ट गरियो । एपेनडिसाइटिसको अपरेशनका क्रममा उहाँको श्वास नली काटिएको थियो । थप उपचारको क्रममा घाँटीमा पाइप लगाइयो र त्यहीबाट सास फेर्ने अनि प्वाल थुन्दा बोली आउने गथ्र्यो । उहाँलाई डाक्टरले एउटा इनहेलर दिएर अर्को वर्ष आउनु, बोली आउन नि सक्छ, नआउन नि सक्छ भनेर बिदा दियो ।

पाइप लगाएपछि उहाँको अवस्थामा क्रमिक सुधार भयो । करिब एक वर्षपछि डेडी फेरि थप उपचारका लागि सिमएसि नै जानुभयो । डाक्टरले भाग्यमानी रहेछस् भनेर पाइप निकालिदियो अनि त्यही सिलाइदियोे । वर्षमा एक पटक जहिल्यै आउनु चेकअपका लागि भनेर उहाँलाई बिदा दियो । घाँटीमा मासु पलाउने कारणले त्यो अपरेशन गरेर फाक्नु भएकाले उहाँ वर्षमा एक पटक आजसम्म पनि भेललोर जानुहुन्छ । कोभिडको टाइमदेखि उहाँले छ–छ महिनामा आप्mनो उपचार थप यही मेडिसिटीमा गरिराख्नुभएको छ । लगभग १४ वटा अपरेशनपछि उहाँ अहिले स्वस्थ्य अवस्था हुनुहुन्छ । अहिले हामीभन्दा पनि फिट देखिनुहुन्छ । म कक्षा ३ र दिदी ५ कक्षामा हँुदा बिरामी हुनुभएको डेडी म कक्षा ८ मा हुँदा सामान्य अवस्थामा देख्न पायौं । त्यहीबीचको अन्तरालमा उहाँले अस्पतालभित्र, मृत्युसँग गर्नुभएको संघर्ष अनि मेरी आमाले अस्पताल बाहिर कयौं दिन–रात नभनी गर्नु भएको संघर्ष उस्तै नै छ ।

यो बीचका संघर्षमा घरमा हामी ममी, डेडी बिना निकै चाडबाडहरु मनायौं । तर, पनि चाडबाडमा खल्लो नहोस् भनेर काकाले हामीलाई लुगा, मिठाई ल्याएर दिने अनि अस्पताल फर्की हाल्ने गर्नुहुन्थ्यो । नयाँ लुगा पाएर मख्ख भएका हामीहरु फेरि सबैथोक बिर्सिएर रम्थ्यौं । पुरै सुनसान ती कोठाहरु बिस्तारै परिवारको हासोसँगै एउटा घर बन्यो । हाम्रो घरको भित्तामा टागिएका डेडीको सम्मानपत्र, मायाको चिनोले उहाँले विभिन्न संघ–संस्थाबाट पाउनुभएको सम्मानले हामीलाई निकै नै गर्व महशुस गराउँछ । भर्खरै नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट पदक थापेर उहाँ घर फर्किनु भयो । त्यो रंगीन भित्ताहरु जस्तै हाम्रो जीवनमा फेरि रंगहरु भरिँदै गए । बाँकी जीवन देश र राष्ट्रको सेवामा समर्पित गर्नुभएको उहाँले उदाहरण हामी सबै माझ झल्किरहेको छ ।

कोभिडको बेला उहाँ अलिकति पनि थकित नभएर रातदिन खट्नु भयो । बाढी–पहिरोको बेला र वर्षायाममा उहाँको संघर्षको धेरै नै लामो कहानी छ । अचेल कोही विपद्मा परेको उद्धारमा होस् या अन्य कुनै उहाँ सधैं खट्नुहुन्छ । यो संघर्षको बीचमा हामीलाई सबैभन्दा बढी साथ दिनुभएको अर्को व्यक्ति हो –काका । काकाले दाजुको जीवनमरणको अवस्था र अहिलेसम्मको साथले परिवार खुशी छ । म आज मास्टर डिग्री पूरा (थेसिस पेपर बुझाउन बाँकी) गर्ने क्रममा छु । दिदी तीन वर्षे नर्सिङ सकेर तीन वर्षको वीपी प्रतिष्ठानमा काम गरेर फेरि नर्सिङमा ब्याचलर्स सकेर पुनः खुला प्रतिस्पर्धाबाट नाम निकालेर काम गर्दैछिन् । आज जति निर्धक्क भएर हिँडेका छौं, जुन विषयमा आपूmले पढ्दैछौं सायद उहाँ नहुनु भएको भए अहिले यो अवस्थामा हामी कहिल्यै नै पुग्दैन थियौं होला ।

उहाँको त्यो दुःख, उहाँको रोगको अभैm पनि सबैले चर्चा गर्नुहुन्छ । अस्पताल बाहिर लडेकी मेरी आमाको संघर्ष सायद त्यो भन्दा बढी थियो होला । घर, छोराछोरीप्रतिको कतव्र्य, श्रीमानप्रतिको जिम्मेवारीले उहाँलाई चौतर्फी घेरिरहेको थियो । निकै वर्षको अस्पतालको चिसो भुइँको बसाईपछि डेडीलाई ठिक बनाएर घर ल्याएको उदाहरणमा उहाँ साच्चै नै एक योद्धा हो । आज–भोलि उहाँप्रतिको टिक्का–टिप्पणी म निकै सुन्छु । छिट्टै बुढी भयौं, आँखा कम देख्न थाल्यौ भनेको सुन्दा मलाई हाँस उठ्छ । उहाँको त्यो गालामा चाउरी परेको रेसाहरु डेडीको भित्तामा झुन्डिएको प्रमाण पत्रहरु पाउन देखाइएको एउटा असल बाटो हो । अनि आँखा कम देख्नु हामी पढाई सकेर पाएको डिग्रीहरुको अर्को उदाहरण । आज हाम्रो सानो परिवार अनेकौं संघर्ष भए पनि हाँसीखुशी रहनुको कारण यहाँहरु सबैले गर्नुभएको अनेकौं सहयोग अनि प्रार्थनाको परिणाम पनि हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here