विमल दहाल, माई ।

पछिल्लो समय दक्षिणी इलाम क्षेत्रमा शान्ति सुरक्षा कमजोर बन्दै गएपछि शनिवार प्रहरी र स्थानीयवासी विच शान्ति सुरक्षा कायम गर्न अन्तरक्रिया गरिएको छ। लोदिया प्रहरी चौकी दानाबारीको आयोजनमा भएको सर्वपक्षीय भेलामा महत्त्वपूर्ण विषयमा दोहोरो अन्तर संबाद भएको हो।
हालै सरुवा आउनु भएका बरिष्ठ प्रहरी नायब निरिक्षक सञ्जय न्यौपानेले परिचयात्मक कार्यक्रम संगै स्थानीय समस्या र निराकरणका विषयमा सुझाव संकलन गरिएको कार्यक्रममा नागरिकहरुले प्रश्न र सुझाव दिएका थिए। सहभागीहरुले साना किसान सहकारीबाट करिव २८ लाख चोरी लुटपाट भएको १२ दिन बितिसक्दा पनि अपराधी फेला पार्न नसक्नु, खुलेआम लागु पदार्थ ओसार प्रसार हुनु, घर परिवार भित्रै युवा दुर्बेसनीमा फस्दै जानु, शान्ति सुरक्षाको प्रत्याभूति कमजोर बन्दै जानु लगायत विषयमा गुनासो र यस्ता कार्य बन्द गराउन सुझाव प्रहरी संग गरेका थिए।
स्थानीयवासीको प्रश्न र जिज्ञासालाई वरिष्ठ प्रहरी नायब निरीक्षक सञ्जय न्यौपाने र शसस्त्र प्रहरी बल वेस क्याम्प दानाबारीका इन्चार्ज पृथ्वी श्रेष्ठले नागरिकको सहकार्य र साझेदारीमा थप मजबुत शान्ति सुरक्षा कायम राख्न प्रतिबद्धता गर्नुभएको थियो।
वहाँहरुले चाँडै सानाकिसानवाट नगद चोरी गर्नेको पहिचान गर्न सबै संयन्त्रलाई मजबुत बनाईने, मिटर ब्याजीको बारेमा सरकारले ऐन ल्याइसकेकोले सोही अनुसार कार्य गर्ने, रात्रीकालिन गस्तिलाई आजैबाट मजबुत बनाउदै विना उदेश्य राती १० बजेदेखि बाहिर हिँडडुल गर्नेलाई निगरानी गर्ने, बजार क्षेत्रमा सिसि क्यामेरा जडान गर्न माई नगरपालिका संग अनुरोध गर्ने, लागु औषध दुर्ब्यसनी बिरुद्ध अभिभावक सहितको जनचेतनामूलक कार्यक्रम सन्चालन गर्ने, घरका भाडाबर्तन र फलामका सामान हराएका गुनासा आएकाले कवाडीवालाले समान माई बाहिर लैजादा प्रहरीसंग सम्पर्क गरी सबै सामान देखाएर मात्र ओसारपसार गर्ने, बर्दी बिनाका प्रहरी नागरिक भएकाले संगै र सहकार्यमा शान्ति सुरक्षा कायम गर्न विविध कार्यक्रम सञ्चालन गर्न प्रतिबद्धता गरिएको छ।
नागरिक -प्रहरी अन्तरक्रिया कार्यक्रममा माई -४ का वडा अध्यक्ष हेम बहादुर लायो मगर, माई -२ का वडा अध्यक्ष उर्दबहादुर राई, कार्यपालिका सदस्य दल बहादुर शंकर, राजनैतिक दलका प्रतिनिधि तथा समाजसेवीहरु भक्त बहादुर लुङ्गेलि, कुमार लिम्बू, नारायण प्रसाद दुलाल, बिनोद नेम्बाङ, मोहन नेम्बाङ, गोपाल पाण्डे, सुर्य धिताल, कृष्ण खाकी, केशब दहाल, रन्जीत काफ्ले, सुक बहादुर राई, हरि असिम, महेन्द्र बुढाथोकी, खड्ग भट्टराई, बुधराज लिम्बू लगायतले सुझाव राखेका थिए।





























