नागेश्वरी मुराईवाला र क्यासीनो

0
144

यही बैशाख २२ गते शुक्रबारको कुरो हो । हामी (म र श्रीमती) शिलगडी गएका थियौं । महाबीर स्थान, थाना मोड पछाडि र बाबुपाडा मोडको बीचको बाटो, वारी र पारी हल्दीबाड़ी गाउँको नागेश्वरी जातको धानबाट हातले बनाएको मुराई (भुजा), भुटेको चना, च्यूरा, बदाम आदिको बजार लाग्दछ । त्यहाँको नागेश्वरी मुराईको स्वादले मलाई पनि तान्दो रहेछ । सधैँ झैं सधैँ किन्ने सानो फुटपाथे दोकानबाट मुराई किन्यौं । म र मणि (ड्राईभर) आपसमा नेपालीमा कुरा गर्दै गरेको बंगाली दोकानेले सुनेछ ।

उसले सोध्यो– ‘क्या आपलोग नेपाल सें आया है ?’ मैले हो भनेँ । उसले भन्न थाल्यो– ‘वाह ! आपलोगका नेपाल मे कितना बडा कसीनो है । हम भी हर सप्ताह जाता है । एकबार एक लाख ले कर गया २० हजार जीतकर लाया । एकबार ७३ हजार हारकर आया । आनेवाला सप्ताह फिर जाउँगा, हारा हुवा सब पैसा जीतकर आउँगा ।’ मैले भने– जीतकर आएगा यह निश्चित थोडी है, जो लेजाएगा वह भी चला जाएगा । सम्झाएँं की तेरो यो सानो दोकान, मुश्किल ले १५–२० हजारको सामान हÞोला । तेरो परिवार छ, नानी केटाकेटी होला । यो त धनाढ्यहरूको े मनोरञ्जन गर्ने ठाउँ हो, तिमी, हामी जस्ताको लागि होइन । यस्तÞो कुलतमा नलाग भाइ । उसको ठोकुवा कुरा सुन्दा मैले बुझेँ क्यासीनो प्रतिको मोहले उसलाई धेरै तानी सकेको रहेछ । मेरो ऊ संगको चिनजान भनेको रेगुुलर ग्राहक र दोकाने जतिको मात्र पाँच–सात हप्ता पुरानो मात्र हो ।

उसको गरिबीपन, लुगा लगाई, अपार्टमÞेन्ट अगाडिको कम्पाउन्डवाललाई सहारा बनाएर राखेको दुई–चार बोरा सामान, वाल छेउ बग्ने नालीको दुर्गन्धित ठाउँमा लामखुट्टे नै लामखुट्टेको बीच, दिनभरी उभिएर गर्मीमा गरेको दोकानदारी देख्दा मलाई माया लाग्यो । तिम्रो परिवारको नम्बर देउ म कुरा गर्छु भन्दा हाँस्यो र भन्यो– ‘आप तो हमारा घर में झगडा लगा देगा’ सँगै उभिएका अरु ग्राहकले मेरो कुराकानीमा समर्थन पनि जनाए । तर, उसले अन्तिमसम्ममा पनि म क्यासीनो जान्नसम्म भनेन ।

भीरबाट हाम फाल्न खोज्नेलाई सम्झाउन त सकिन्छ, तर, काँध हाल्न सकिन्न त्यस्तै भयो । फर्किन ढिलो हुँदै थियो भारी मन लिएर फर्कें । त्यहाँबाट शिव मन्दिर पुगुञ्जेल माया (श्रीमती) सँग मौनता रह्यो । उसको पनि गाउँ, टोल छ, एक किसिमको प्रतिष्ठा होला त्यसकारण फोटो र नाम हालिन् । तर, एकदम सत्य घटना, संवाद हो । फेरि जाँदा भेट्न छोड्दीन, हेरौं न के प्रतिक्रिया आउँछ ।

नागेश्वरी मुराईवाला त एक प्रतिनिधि पात्र मात्र हो । आज सयौं परिवार जुवा खेल्नमा अभ्यस्त भइसकेका छन् । नयाँ–नयाँ यस्ता मुराईवालाहरु, नौकरी, पेशावालाहरु, विभिन्न व्यवसायीलाई यस्ता अनेकौं मुर्गाहरूलाई गन्तब्यमा पु¥याउन दर्जनांै एजेन्टहरू आ–आफ्नो कर्तव्य निर्वाह गर्छन् । कमिशन पाउँछन् । डुब्छन त यस्ता मुराईवालाहरु, दोकान सक्छन । समाजले पत्याउन छोड्छ । साहु, बजारबाट उधारो पाउन छोड्छन् । विश्वास घट्छ । स्वास्नीको थोरबहुत भएभरको गरगहना, घरजग्गा बिक्छ । कलह हुन्छ, घरको शान्ति सक्छन्, बच्चाहरूको पढाई सक्छन, आफ्नो जवानी सक्दै जान्छ । ऋण लाग्छ, तिर्न सक्दैनन्, सबैतिरबाट तिरस्कार सहन सक्दैन र अन्त्यमा…।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here