नव आगन्तुक विद्यार्थीहरुलाई सूर्यज्योती इको क्लबको सम्मान

0
111

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ स्थित सूर्यज्योती अङग्रेजी आवासीय विद्यालय अन्र्तगत रहेको सूर्यज्योती इको क्लबले नव आगन्तुक विद्यार्थीहरुको सम्मानमा शुक्रबार स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबका अध्यक्ष विशाल मगरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नव युवा क्लबका संस्थापक अध्यक्ष एवम् विद्यालयका अभिभावक हीरामान शाहले उद्घाटन गरेका थिए ।

नयाँ वर्षसँगै नयाँ शैक्षिक वर्षको आगमनको अवसरमा विद्यार्थीहरुमा वर्षभरि उर्जा र उमंग प्रदान गर्ने उद्देश्यले क्लबले उक्त कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक गणेश बुढाथोकीले जानकारी दिए ।

नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै शैक्षिक सामग्री वितरण गरिएको कार्यक्रममा गीत, नृत्य, नाटक आदि प्रस्तुत गरिएको थियो । कार्यक्रममा एनएमसी शनिश्चरे इकाईका संयोजक धर्मानन्द गुरागाईं, सिर्जना बाल युवा क्लबकी अध्यक्ष शर्मिला न्यौपाने, विद्यालयका संस्थापक रुद्र सिटौलालगायतको आतिथ्यता रहेको थियो ।

क्लबकी सहसचिव मेरीना विष्टले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष अंकिता बस्नेत र सचिव चेतन थापाले संयुक्तरुपमा गरेका थिए । २०७५ सालमा स्थापना भएको उक्त क्लबले विद्यालयमा हुने विभिन्न गतिविधिहरुको संयोजन गर्ने तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here