कक्षा १२ को परीक्षामा मोरङमा विद्यार्थीको अनुपस्थित बढ्दै

0
76

छविराज ढकाल,
पाथरीशनिश्चरे ।

मोरङ प्रहरीले एसईई परीक्षामा सहभागि नक्कली विद्यार्थी पक्राउ गरेसंगै हाल सञ्चालनमा रहेको कक्षा १२ को परिक्षामा विद्यार्थीको संख्यामा कमी आएको छ । वैशाख २६ गतेदेखि शुरु भएको परीक्षामा हाल सम्म ६ सय ३५ जना विद्यार्थीको अनुपस्थित रहेको प्रहरीले जनाएको छ ।

यस परीक्षाका लागि मोरङ जिल्लामा १८ हजार ४ सय ८६ जनाले आवेदन फारम भरेका थिए । शुक्रबार ६ सय ३५ अनुपस्थित रहेकामा १७ हजार ८ सय ७१ जनाले नियमित रुपमा परीक्षामा भाग लिएका थिए । उनका अनुसार गत चैतमा सम्पन्न एसइई परीक्षासहित ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेपछि अहिले सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा अनुपस्थितको संख्या बढेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

हालै मोरङका विभिन्न परीक्षा केन्द्रमा जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङको टोलीसँग मिलेर चेकजाँच गरिएको छ । कडा चेकिङका कारण नक्कली र नक्कली परीक्षार्थी समातिने डरले अनुपस्थित हुने प्रहरीको अनुमान छ ।

गत महिना सम्पन्न अर्काको नाममा एसइई परीक्षामा सहभागी हुने ठूलो संख्यामा नक्कली परीक्षार्थीलाई गत महिनाको २२ र २३ गते प्रहरीले पक्राउ गरेको थियो । केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक माध्यमिक विद्यालय केन्द्रबाट प्रहरीले १२६ नक्कली परीक्षार्थीलाई मात्रै पक्राउ गरेको थियो ।
शिक्षा ऐन २०२८ मा नक्कली परीक्षार्थीविरुद्ध मुद्दामा गल्तीका आधारमा प्रहरीले समयसीमा तोकेर अनुसन्धान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here